दमक, २ पौष–दमकको फोहोर व्यवस्थापनको जिम्मेवारी पाएको संस्था र नगरपालिकाको काार्यलयबीच उत्पन्न समस्याले दमकमा पछिल्लो एक हप्तादेखि फोहोर सङ्कलन भइरहेको छैन् । यस्तो अवस्थामा दमकको मुख्य चौक, ठूला तथा बजार, सडक, आधा अस्पताल, दर्जनौ फार्मेसी, उद्योग, कलकारखाना लगायत घर–घरमा फोहोर थुप्रिएको छ । यसरी थुप्रिएको फोहोर यतिवेला दुर्घन्धित बन्दै गइरहेको छ ।

यहि, समस्यालाई मध्यनजर गर्दै दमकमा सामाजिक कार्यसंगै मानवीय र परोपकारी सेवामा सक्रिय सुन्दर समाज नेपालले सोमबार विहानै दमकको फोहोर सङ्कलन गरेको छ । समाजकी अध्यक्ष समेत रहेनुभएकी दमक उद्योग बाणिज्य संघकी पूर्व कार्यसमिति सदस्य, उद्योगी–व्यवसायी विन्दु (लक्की) सिटौलाको नेतृत्वमा रुपा सेलिङ, गंगा ढकाल, मनु साङपाङ, कुसुम ढुंगेल ,जमुना सेर्मा, पुनम जाेशि, अनु ताजपुरिया, झर्ना लक्साम, पुनम सुब्ब, साभा बस्नेत लगायात एक दर्जन बढी संस्थाका टीम दमकको मुख्य चौकमा विहानै आइपुगे र फोहोर सङ्कलन गर्न सुरु गरे ।

विहानको चिसो समयमा आफ्नो स्रोत र साधनमा सहभािग भएका सुन्दर समाज नेपालका अध्यक्ष सिटौलाले दमकको आकाशे पुल, डाफे मुनाल चौक, ट्याक्सी स्टेण्ड, सेतुमारी रोड, बेलडाँगी रोड, जेसिज चौक, थाना लाईन, लगायत दमकको मुख्य ठूला तथा साना बजारहरु, विभिन्न सडकहरु, अस्पताल, फार्मेसी, उद्योग कलकारखाना क्षेत्रबाट फोहोर संङ्कलन गरिएको बताईन् । उनका अनुसार आफ्नो निजी तथा समाजका पदाधिकारी र सदस्यहरु मित्रहरुको सामुहिक खर्चबाट संङलन भएको फोहोरलाई ढुवानी गर्ने तीन वटा ट्याक्ट्रर र एउटा मालवहाक मिनी (छोटो हात्ति) साधन ल्याइएको बताईन् ।

फोहोर संङ्कलनको जिम्मेवारी पाएको संस्था र नगरपालिकाको कार्यालयवीचको समस्याले जनताका आधारभूत समस्यालाई वेवास्ता गरिनु नहनुे समाजकी अध्यक्ष सिटौलाले बताईन् । चिसो बढ्दो अवस्थामा छ, चिसो मौसममा भाइरल इन्फ्लुएन्जाको समस्याले सर्वसाधरणलाई समस्या बनाइरहेको समयमा दमकको फोहोरको दुर्घान्धले अझ ठूलो समस्या नहोस् भन्ने उदे्रश्यले फोहोर संङ्कलन गरिएको हो, सिटौलाले भनिन् ।

फोहोर संङ्कलनमा समाजकी पूर्व अध्यक्ष तथा व्यवसायी रुपा सेलिङ, मनु साङपाङ राई, झरना लक्सम देवान, लगायत राष्ट्रिय स्वतन्त्र पार्टी दमक नगर समिति, लिम्बुवान पार्टी सम्बद्ध स्थानीय पार्टी नेताहरु र सामाजिक सेवामा सक्रिय व्याक्तित्वहरुको सहभागिता थियो ।

दमकको फोहोर व्यवस्थापनको जिम्मेवारी नेष्ट एरा एनर्जी प्रालिले जिम्मेवारी पाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय