झापा – भारतको दार्जिलिङ, सिक्किममा हुने कार्यक्रममा नौमती बाजाको माग हुन थालेपछि झापाली महिलाको टोली पटक–पटक पुग्न थालेका छन् । महिलाको बाजाको टोली ती ठाउँमा पुगेर उत्कृष्ट बाजा बजाएबापत पुरस्कारसमेत प्राप्त गर्न थालेपछि उनीहरूको मनोबल बढेको छ ।

झापामा नौमती बाजा घन्काउने महिलाको दुई दर्जनभन्दा बढी टोली तयार भइसकेका छन् । तीमध्ये ‘आर्ट स्टुडियो महिला नौमती बाजा’ को टोली भारतको सिक्किम, दार्जिलिङ र कोलकता पुग्न थालेको हो ।

विवाह, व्रतबन्ध, गुन्यूचोली, पुराण, उद्घाटन र साधारणसभालगायत कार्यक्रममा एउटै पहिरनमा सजिएका महिला टोलीले नौमती बाजा घन्काउँदै गरेको रोचक दृश्य झापामा अहिले बाक्लै देख्न पाइन्छ । बिर्तामोड नगरपालिका–२ की शान्तादेवी पौडेलको नेतृत्वमा झापामा महिलाको नौमती बाजा बजाउने पहिलो टोली बनेको थियो ।

पाँच वर्षअघि पश्चिम नेपालमा एउटी महिलाले नर्सिङा बाजा फुकेको देखेपछि आफूलाई महिलाको अलग्गै टोली बनाउने रहर जागेको पौडेलले बताउनुभयो । ‘त्यस बेला मेरो नेतृत्वमा गाउँका महिला नाटक खेल्ने गर्थे । रुवा र खरानीको धागोजस्ता राम्रा नाटकमा उत्कृष्ट अभिनय गरेसँगै बिर्तामोडलगायत झापाका विभिन्न ठाउँमा नाटक मञ्चन गरेका थियौँ । पछि त्यही टोली महिला कलाकारका रूपमा परिचित बनेको थियो’, उहाँले भन्नुभयो ।

त्यही टोलीलाई समेटेर शान्ताले नौमती बाजा बजाउने समूह खडा गर्नुभयो । आवश्यक तामिल लिएपछि बिर्तामोड–नं २ का तत्कालीन वडाध्यक्ष नगेन्द्र सङ्ग्रौलाले टोलीलाई बाजा किन्न डेढ लाख रुपैयाँ बजेट दिनुभएको संस्थाकी अध्यक्ष पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार नमुना काम भन्दै कनकाई नगरपालिकाले पनि बाजा किन्नका लागि ३० हजार रुपैयाँ थपिदिएको थियो ।

केही नयाँ काम गरौँ भन्ने शान्ताको त्यही हुटहुटीले झापामा महिला मात्र रहेको पहिलो नौमती बाजा बजाउने टोलीको जन्म भयो । उहाँहरूले टोलीलाई संस्थागत गर्दै ‘आर्ट स्टुडियो महिला नौमती बाजा संस्था’ दर्ता गर्नुभएको छ । पौडेलका अनुसार टोलीमा १४ जना सबै महिला सदस्य छन् । समूहमा नौमती बाजामा चाहिने दमाहा, टेम्को, बाम्ताल, झ्याम्टा, ढोलक, सनाई र नर्सिङा रहेका उहाँले जानकारी दिनुभयो ।

विभिन्न कार्यक्रममा समूहले निश्चित शुल्क लिएर बाजा बजाउँदै आएको पौडेलले बताउनुभयो । उहाँका अनुसार अवधि र अवस्था हेरेर शुल्क निर्धारण हुन्छ । एउटा कार्यक्रममा बाजा बजाएबापत बढीमा दुई लाख रुपैयाँसम्म शुल्क पाउने गरेको संस्थाकी कोषाध्यक्ष गोमादेवी विमलीले जानकारी दिनुभयो । उहाँका अनुसार एउटा कार्यक्रमबापत टोलीले नेपालमा १५ हजारदेखि ३० हजार रुपैयाँसम्म शुल्क लिने गरेको छ ।

भारतमा भने ५० हजार भारु शुल्क निर्धारण गरिएको विमलीले जानकारी दिनुभयो । ‘केही समयअघि जिल्लामा महिलाले नौमती बाजा बजाउँछन् भन्ने थाहा पाएपछि दार्जिलिङका एक जना सैनिक जर्नेलले आफ्नो छोराको बिहेमा बाजा बजाउने टोली झिकाउनुभएको थियो । ‘दार्जिलिङबाट कोलकातामा जन्ती जाँदा ५० हजार भारु दिने सहमति भएको थियो’, उहाँले भन्नुभयो, ‘हामीले नौमती बजाएको मन पराएर उहाँहरूले डेढ लाख भारु दिनुभयो ।’

बाजा बजाउन आमन्त्रण गर्नेहरूले टोली र बाजा बोक्नका लागि गाडी भाडा बेहोर्ने गरेको विमलीको भनाइ थियो । उहाँका अनुसार काठमाण्डौमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी चढाउँदा झापाको यही टोलीले नौमती बाजा बजाएको थियो । त्यो बेला बाजा बजाएबापत एक लाख रुपैयाँ शुल्क दिइएको उहाँले जानकारी दिनुभयो ।

भारतको सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले एउटा कार्यक्रममा नौमती बजाउन उहाँहरूको टोलीलाई निमन्त्रणा गर्नुभएको थियो । तामाङले महिलाको नौलो र राम्रो काम भनेर प्रशंसा गर्दै एक लाख भारु पुरस्कार दिनुभएको थियो । टोलीले चर्चित टेलिभिजन कार्यक्रम इन्द्रेणीमा बाजा बजाउँदै दोहोरीसमेत खेल्ने अवसर पाएको थियो ।

संस्थाकी अध्यक्ष शान्तादेवी पौडेलले नौमती बाजा बजाउन शुरु गर्दा आफू र आफ्ना साथीले पारिवारिक र सामाजिक असहयोग खेप्नुपरेको बताउनुभयो । दलितले मात्र बजाउने बाजा भनेर अपहेलना गर्न खोजिए पनि आफूहरूले बलियो आत्मविश्वास र लगनका साथ डटेर सामना गरेको उहाँले अनुभव सुनाउनुभयो ।

‘यस्तो बाजा पनि महिलाले बजाउने भनेर परिवारका सदस्यबाटै साथीहरूले अवहेलना भोग्नुपर्‍यो’, अध्यक्ष पौडेलले सङ्घर्षका दिन सम्झिँदै भन्नुभयो, ‘शुरुमा कसैले पनि साथ दिएनन् । तथापि हामी पछाडि हटेनौँ । अहिले चाहिँ प्रशस्त आम्दानी र सामाजिकरूपमा प्रशंसा हुन थालेपछि परिवारका सदस्य खुशी छन् ।’

टोलीका सदस्यहरूले घरको कामधन्धा छाडेर बाजा बजाउन जाने भएकाले सङ्कलन भएको आम्दानीको ९० प्रतिशत बाँडेर लिने गरेका छन् । दश प्रतिशत आम्दानी चाहिँ संस्थाको कोषमा जम्मा गर्दै आएको कोषाध्यक्ष विमलीले बताउनुभयो ।

लोकभाका र चल्तीका जुनसुकै गीतमा सुमधुर धुन निकाल्ने महिलाको नौमती टोलीलाई अचेल कार्यक्रममा भ्याइनभ्याइ छ । व्यावसायिकरूपमा शुल्क लिने भएकाले आयआर्जनका दृष्टिले प्रशस्त आम्दानीको स्रोत बनेको छ भने सामाजिकरूपमा पनि प्रशंसा हुन थालेको छ । यसरी महिलाले नौमती बजाएर कला, संस्कृतिको संरक्षण हुनुका साथै यस क्षेत्रको पहिचानमा योगदान पुगेको स्थानीय बताउँछन् ।

तस्बिर : कल्पना भट्टराईकाे फेसबुकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

slot gacor
slot gacor
divinegc.com
mimislot
MIMI PORTAL
mimislot
ayssports.org
Slot Gacor
mimislot
Social Media Strategy
suburmajuteknik.co.id
slot online
babaslot
mimislot
cbnfm.edu.bd
palabraenpie.org
slot88