
काठमाण्डाै – पूर्वी नवलपरासीमा बाघकाे आक्रमणबाट सासूबुहारीकाे ज्यान गएकाे छ ।
विनयत्रिवेणी गाउँपालिकाको विनय सामुदायिक वनमा घाँस काट्न गएका ६० वर्षीया मनादेवी पौडेल र उहाँकी बुहारी २८ वर्षीया विष्णु पौडेल मृत भेटिएका हुन् ।
दुवै जनाको बाघको आक्रमणबाट ज्यान गएको प्रहरीले जनाएकाे छ । हिजो दिउँसो सासूबुहारी घाँस काट्न जङ्गल गएका थिए । राति अबेरसम्म पनि घर नफर्किएपछि स्थानीय बासिन्दा र प्रहरीले खोजी गर्ने क्रममा उनीहरु मृत अवस्थामा भेटिएका हुन् ।
पछिल्लो समय त्यसक्षेत्रमा बाघको आक्रमण बढ्दै गएकाे गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताउनुभयो ।