काठमाडौं । नेपालमा अहिले उल्लेख्य मौसमी प्रणाली सक्रिय नभएकाले मुलुकभरको मौसम समान्यतः सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदुरपश्चिमका पहाडी जिल्ला तथा गण्डकी र कोशी प्रदेशमा भने आंशिक बदली हुनेछ ।

बाँकी भेगको मौसम भने सफा रहने महाशाखाको अनुमान छ । तर तराईका केहि क्षेत्रमा भने आज पनि विहानैदेखि हुस्सु लागेको छ । तराईमा लागेको हुस्सु मध्यान्हसँगै खुल्दै जाने छ । मुलुकभरमध्ये सबै भन्दा जाडो जोमसोममा छ ।

जोमसोमको न्यूनतम तापक्रम माइनस ३ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ भने सबैभन्दा बढी तापक्रम धरानको छ । धरानको न्यूनतम तापक्रम १५ दशमलव ४ डिग्री मापन गरिएको महाशाखाको बुलेटिनमा उल्लेख छ ।

काठमाडौंको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय