काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घटनामा ज्यान गुमाएकाका परिवारलाई क्षतिपूर्ति दिने घाेषणा गर्नुभएकाे छ ।

शनिवार आजदेखि काठमाण्डाैमा शुरु भएको छैटाैँ राष्ट्रिय ट्रेड युनियन सम्मेलनको उद्घाटनमा बाेल्दै उहाँले बालकुमारी घटनामा मारिएका दुई युवककाे परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने घाेषणा गर्नुभएकाे हाे।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हिजाे रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर ललितपुरको बालकुमारीमा युवाहरुले गरेको प्रदर्शनमा प्रहरीको गोली लागेर दैलेखका सुजन रावत र अछामका वीरेन्द्र साहकाे ज्यान गएकाे थियाे ।

यस्तै, उहाँले याे घटनामा कमजोरी देखाउने भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाका पीएसओ र प्रहरी अधिकारीलाई निलम्बन गरिएको बताउनु भएकाे छ । याे घटनामा गोली हान्न आदेश दिने प्रहरी अधिकारीलाई पनि छानबिन समितिको रिपोर्ट नआएसम्मका लागि निलम्बन गरिएको उहाँले बताउनु भयो ।

उहाँले ईपीएस परीक्षामा सहभागी हुन नपाएका विद्यार्थीहरुले पनि याे परीक्षामा सहभागी हुन पाउने कुरा अदालतले जानकारी दिएपछि परिस्थितिलाई सहज बनाउन आग्रह गर्नुभएकाे छ ।

प्रधानमन्त्री प्रचण्डले याे घटनामा अदालतको पनि केही कमजोरी देखिएको बताउनु भयो ।