रमा कुनै सिसाका भाँडाकुँडा फुटे भने त्यसलाई घरमा राख्नु हुँदैन भनेर फाल्ने गरिन्छ ।

सिसाका भाँडाकुँडा मात्र हैन अरु घरायसी रूपमा प्रयोग हुने सामग्रीहरू फुटे वा भाँचिए भने त्यसलाई राख्नु हुँदैन भनेर फाल्ने गरिन्छ ।

वास्तुशास्त्रका अनुसार पनि घरभित्र टुटे फुटेका सामग्रीहरू राख्यो भने त्यसलाई शुभ मानिँदैन ।

हाम्रो घर वरिपरि भएका चीजहरूले पनि वास्तु दोष निम्त्याउँछन् । वास्तु दोषका कारण घरमा बस्ने व्यक्तिको शारीरिक, वित्तीय, मानसिक र पारिवारिक जीवनमा सम्बन्धित समस्याहरू बढ्न थाल्छन् भन्ने गरिन्छ ।

वास्तुशास्त्र अनुसार घरमा भाँचिएका टुटे फुटेका सामग्रीहरू राख्दा परिवारका सदस्यहरू बीचमा झगडा हुने तथा श्रीमान् श्रीमतीको सम्बन्धमा फाटो आउन सक्छ ।

फुटेका सामग्रीहरूले नकारात्मक ऊर्जा प्रवाह गर्छन् जसले घरको आर्थिक स्थिति बिगार्न सक्छ ।

कुनै टुटे फुटेका भाँडाहरूमा खाने कुरा खाँदा पनि दिनभर नै मन अशान्त रहन सक्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय