काठमाण्डाै – गृह मन्त्रालयले ललितपुरको प्रमुख जिल्ला अधिकारी (सीडीओ) मा तुलसीबहादुर श्रेष्ठ र जिल्ल्ला प्रहरी कार्यालयको प्रमुखमा एसएसपी शेखर खनाललाई खटाएको छ ।

गृह मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखाको प्रमुख रहेका सहसचिव श्रेष्ठलाई काजमा ललितपुरको सीडीओमा खटाइएको हो । खनाल प्रहरी प्रधान कार्यालयमा कार्यरत हुनुहुन्थ्यो ।

दुई जना युवाको ज्यान जाने गरी भएको बालकुमारी घटनापछि ललितपुरका यसअघिका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहको जिम्मेवारी खोसिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय