सर्लाहीको बरहथवामा प्रहरीले चलाएको गोली लागेर एक जना युवकले ज्यान गुमाएका छन् । नगर अस्पताललाई स्तरोन्नति गरेर प्रदेशलाई हस्तान्तरण गर्ने विषयमा विवाद भएपछि झडप हुँदा प्रहरीले बल प्रयोग गर्दा जयशंकर शाहको मृत्यु भएको हो । सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले आफूले प्रहरीलाई गोली चलाउन आदेश नदिएको बताएका छन् । धमलाले भने,‘मैले गोली चलाउन अनुमति दिएको छैन ।’
तर, प्रहरीले आफूले बोकेको हतियार आन्दोलनकारीले खोस्न खोजेपछि गोली चलाउनुपरेको दाबी गरेको छ । आन्दोलनकारीले हतियार खोस्न खोजेपछि गोली चलाउनुपरेको सर्लाहीका एसपी प्रवीण धितालले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय