काठमाडौँ– सत्तारुढ गठबन्धनको बैठक बिनानिष्कर्ष सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आगामी माघमा हुने राष्ट्रियसभा निर्वाचनमा सदस्यको भागबण्डाका विषयमा छलफल गर्न बसेको बैठक बिनानिष्कर्ष टुंगिएको हो ।

जसपा अध्यक्ष उपेन्द्र यादवका अनुसार सामान्य छलफल भएर बैठक सकिएको छ । उनले खबरहबलाई भने, ‘सिटका विषयमा सामान्य छलफल भयो । हामी सबैले पार्टीको धारणा राख्यौँ ।’

बैठकमा उपस्थित एक नेताका अनुसार कांग्रेसले सिट बढी मागेको र साना दल नाउपा र जनमतले पनि भाग खोजेका कारण सिट मिलाउन समस्या भएको छ ।

ती नेताले भने, ‘एक पटक पुनः आफ्नो आफ्नो पार्टीमा छलफल गरेर ४ बजे पुनः बैठक बस्ने गरी अहिले सकिएको छ ।’

यसैबीच कांग्रेस नेता रमेश लेखककाअनुसार गठबन्धनले एमालेसँग साझेदारी नगर्ने सहमति जुटेको छ ।

उनले भने, ‘गठबन्धनकैबीचमा सिटको बाँडफाँड हुन्छ । गठबन्धन र सरकारमा सहभागी दलले नै चुनाव लड्छ ।’

४ बजे चार दलको बैठक बस्ने र ५ बजे सत्तामा साझेदार गर्ने अन्य दललाई पनि समावेश गरिने छ । फाइल तस्बिर

प्रतिक्रिया

सम्बन्धित खवर