काठमाडौँ– हिजोआज माघको चिसोमा बिहान धेरैलाई उठ्न गाह्रो लाग्छ । तर पनि स्वास्थ्यका लागि एक निश्चित समयमा बिहान सवेरै उठ्ने र राति चाँडै सुत्नु राम्रो मानिन्छ ।

समयमै सुत्ने र समयमै उठ्ने गरेमा यसले स्वास्थ्य राम्रो हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि त्यसलाई व्यवहारमा उतार्न निकै गाह्रो पर्ने गर्दछ । कतिपय मान्छे राति अबेरसम्म पढ्नेदेखि मोबाइल, ल्यापटप हेरेर बिहान अबेरसम्म सुत्ने गर्दछन् ।

समयमा सुत्ने र उठ्ने नगरे व्यक्तिको दैनिकी खराब हुनुका साथै विभिन्न रोगहरू लाग्ने सम्भावना हुन्छ ।

बिहान अबेरसम्म सुत्दा मानसिक रोग, मोटोपन, आलस्यता, मुटुसम्बन्धी समस्या हुने चिकित्सकहरू बताउँछन् ।

दिनभरिको थकानले शरीरलाई हानी पुर्‍याइरहेका बेला यसबाट बच्न पनि समयमै सुत्ने र उठ्ने गर्नुपर्छ ।

बिहान सबेरै उठ्नुका फाइदाहरू
– बिहान चाँडै उठ्दा शुद्ध हावा पाइन्छ । जसले फोक्सोलाई स्वस्थ राख्छ ।

– बिहान छिट्टै उठ्ने मानिसमा डिप्रेसनको सम्भावना कम हुन्छ । एक वैज्ञानिक अध्ययन अनुसार ढिलोसम्म सुत्ने र राती धेरै बेरसम्म नसुत्नेमा डिप्रेसनको समस्या दुई गुणा बढी हुने गर्छ ।

– सबेरै उठ्दा पाइने शुद्ध अक्सिजनले शरीरलाई स्वास्थ्य राख्दछ ।

– चाँडै उठ्नाले काम गर्नका लागि समय धेरै मिल्दछ र व्यायाम गर्न पनि समय हुन्छ ।

– बिहान सबेरै उठेर व्यायाम गरे हृदय रोगको सम्भावना कम हुने र शरीरमा रक्तसञ्चार राम्रो हुन्छ ।

– बिहान सबेरै उठ्ने मानिसमा मानसिक रोग र मुटुको समस्या कम हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय