बिहीबार काठमाण्डुमा पत्रकार सम्मेलन गर्दै दहितले यो निर्देशन सबै भूमिसुधार अन्तरगतका कार्यालयलाई दिइसकेको बताए ।
कृषियोग्य जमिन सबै घँडेरीका रुपमा परिणत हुनसक्ने डरलाग्दो अवस्थालाई मध्यजर गरेर यस्तो निर्णय गरिएको भूमिसुधार मन्त्री गोपल दहितले जानकारी दिए ।
अब सरकारबाट अनुमति लिएर वा नलिई कृषियोग्य जमिनलाई घडेरीका रुपमा कित्ताकाट गर्न र बिक्री वितरण गर्न नपाइने भएको छ ।
यो नियम सगोलका अंशियारबीच अंशबण्डा हुँदा र अदालतबाट प्राप्त आदेशहरुमा भने लागू हुने छैन । अब कुनैपनि किसिमका जग्गा जग्गाधनिले वर्षमा एकपटक भन्दा बढी कित्ताकाट गर्न पनि नपाउने मन्त्री दहितले जानकारी दिए ।
सरकारबाट जग्गा प्लटिङको अनुमति लिएर ५० प्रतिशत वा सो भन्दा बढी क्षेत्रफलको जग्गा बिक्री गरिसकेको भए वा सरकारबाट स्वीकृत खुला क्षेत्र, बाटो, सरकारी जग्गा छुट्याएर त्यो सरकारको नाममा कायम गरिसकेकको भए त्यो घँडेरी बेच्न यो निर्णयलेबाधा नपर्ने दहितले बताए ।
भूमिसधार मन्त्रालयले भूमिसुधार ऐन–२०२१ बमोजिम कृषियोग्य जमिन प्लटिङ गरेर घँडेरीको रुपमा बिक्री वितरण वा कित्ताकाट गर्न नपाइने निर्णय गरेको छ ।
अब यस्ता जग्गा पास नगर्न मन्त्रालयले मालपोत कार्यालयहरुलाई निर्देशन दिएको छ । अनुमति नलिई जग्गा प्लटिङ गरिएको छ भने अब ति घँडेरी पनि पास हुने छैन ।











