काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित बाग्मती, गण्डकी र कोशी प्रदेशका धेरै ठाउँमा हिजो हावाहुरी र चट्याङसहित वर्षा भएको छ । गएको चौबीस घण्टामा सबैभन्दा धेरै धनकुटामा ३९ मिलिमिटर वर्षा भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

custom ohio state jersey

vanessa wu basket

custom ohio state jersey

zapatillas nike ofertas

lsu shop

lsu shop

borse ynot

florida state jersey

florida state football jersey

benetton outlet

lsu shop

24bottle

24bottles

बाग्मती, कोशी र गण्डकीका अरु ठाउँमा पनि मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज पनि कोशी, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा दिउँसोपख हावाहुरी र चट्याङसहित पानी पर्ने सम्भावना छ । बाँकी प्रदेशका केही ठाउँमा पनि फाट्टफुट्ट पानी पर्न सक्ने महाशाखाले जनाएको छ ।

अहिले प्रिमनसुनको समय भएकाले दिउँसोपख बदली भएर हावाहुरी र चट्याङसहित पानी पर्ने सम्भावना केही दिनसम्म रहीरहने मौसमविद गोविन्द झाले जानकारी दिनुभयो । यसैबीच हिजोको वर्षाले काठमाण्डौ उपत्यकाको प्रदूषण घटाएको छ । वायुमण्डलमा थुप्रिएको हावाका कणहरुलाई पानीले तल झारेपछि प्रदूषण केही कम हुन थालेको हो । केही दिनयता पानी नपर्दा र हावा नचल्दा काठमाण्डौ विश्वमै सबैभन्दा प्रदूषित बनेको थियो ।

आज बिहान ६ बजे काठमाण्डौ उपत्यकाको वायुको गुणस्तर मापन इन्डेक्स (एक्यूआई) १५७ मा झरेको छ । हिजो दिउँसोसम्म एक्यूआई दुई सयभन्दा माथि थियो । एक्यूआई दुई सयभन्दा माथि पुग्नुलाई अत्यन्तै अस्वस्थकर मानिन्छ ।