अर्कैको नागरिकतामा आफ्नो फोटो टाँसेर दुरुपयोग गर्ने झापा कमल गाउँपालिका ५ बस्दै आएका भारतीय नागरिक ३२ वर्षीय सम्सुल मन्सुरीलाई प्रहरीले प्रक्राउ गरेको छ । मन्सुरीसहित झापा प्रहरीले नागरिकता दुरुपयोग गर्ने कार्यमा सहयोग गर्ने कमल ५ का ४० वर्षीय सुमन चापागाईलाई पक्राउ गरिएको बताइएको छ ।

बिहार मोतिहारी थाना केतवाड– ५ घर भई कमल गाउँपालिकामा सिरकडसना बनाउने काम गर्दैआएका मन्सुरीले मो. फिरदौस अन्सारीको नागरिकताको विवरणसँग मिल्ने विवरण भरी फोटो टाँसी नागरिकता किर्ते गरी नेपाली नागरिकता बनाएको उजुरीका आधारमा प्रहरीले पक्रउा गरी अनुसन्धान सुरु गरेको छ ।

सोही नागरिकताको प्रयोग गरेर कर्णाली बचत तथा ऋण सहकारी संस्था लि. मा खाता खोलेको, उक्त नेपाली नागरिकता प्रयोग गरी जिल्ला झापा कमल वडा नं ५ मा ११ धुर जग्गा खरिद गरेको, जन्मदर्ता, विवाह दर्ता लगायतका कागजात समेत बनाइसकेको प्रहरीको भनाई छ ।

मो.फिरदौस अन्सारीको नागरिकता विवरण दुरुपयोग गरेको भन्ने सूचनाको आधारमा मन्सुरीलाई नियन्त्रणमा लिई घरकोठा तथा उनको शरीर रितपूर्वक खानतलासी गर्दा नागरिकताको विवरणसँग हुबहु (जस्ताको त्यस्तै) मिल्ने विवरण भएको नागरिकता फेला परेको प्रहरीले जनाएको छ ।

जेठ २२ गते उनीहरुलाई दमक ६ बेलडाँगी रोडबाट नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा थप अनुसन्धान गरिरहेको झापा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah