नेपाली राष्ट्रिय क्रिकेट टोली अमेरिकाबाट सेन्ट भिन्सेन्ट (वेस्ट इन्डिज) पुगेको छ ।

आईसीसी टी–२० विश्वकप अन्तर्गतका बाँकी दुई खेल खेल्न नेपाली टोली वेस्ट इन्डिज पुगेको हो । हिजै पुग्नु पर्ने टोली फ्लोरिडाको खराब मौसमका कारण उडान रोकिएको थियो । समूह ‘डी’ अन्तर्गत नेपाल अमेरिकामा दुई खेल सकेर बाँकी दुई खेल खेल्न सेन्ट भिन्सेन्ट गएको हो ।

बिहीबार सेन्ट भिन्सेन्ट पुगेको नेपाली क्रिकेट टोलीले स्पिनर सन्दीप लामिछानेसहित अभ्यास गरेको छ ।

नेपालले भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्ने छ । खेल बिहान सवा ५ बजे हुनेछ ।

नेपालले साेमबार बङ्गलादेशसँग अन्तिम खेल खेल्नेछ । नेपाललाई समूह चरण पार गरेर सुपर आठमा स्थान बनाउन अबका दुई खेल जित्नै पर्ने बाध्यता छ । अहिले समूहमा लगातार तीन जित निकालेको दक्षिण अफ्रिका शीर्षस्थानमा छ । दक्षिण अफ्रिकाले सुपर आठमा स्थान बनाई सकेको छ ।

नेपाल समूहको पहिलो खेलमा नेदरल्यान्ड्ससँग पराजित भएको थियो । डालासमा भएको पहिलो खेलमा नेपाल नेदरल्यान्डससँग ६ विकेटले पराजित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय