कोशी प्रदेशमा भोलि (आइतबार) धिमाल जातिका लागि सार्वजनिक बिदा दिइएको छ ।

कोशी प्रदेश सरकारको शनिबार बसेको मन्त्रिपरिषद् बैठकले धिमाल जातिको प्रमुख पर्वका अवसरमा बिदा दिने निर्णय लिएको हो । धिमाल जातिले आफ्नो प्रमुख पर्व जातिरी/सिरिजात मनाउँदै छन् ।

प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले पर्वका अवसरमा प्रदेशभरिका धिमाललाई लक्षित गरेर आइतबार सार्वजनिक बिदा दिने निर्णय गरिएको बताए ।

उनका अनुसार मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोगले तयार पारेको प्रदेशको दोस्रो आवधिक योजना (२०८१/०८२–२०८५/०८६) परिमार्जनसहित स्वीकृत गर्ने निर्णय गरेको छ ।

प्रदेश आर्थिक विधेयक २०८१ र विनियोजन विधेयक २०८१ तथा आगामी वर्ष २०८१/०८२ को बजेट वक्तव्य प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।

यस्तै, प्रदेश सरकारले ताप्लेजुङका पहिरो पीडितलाई राहत स्वरुप तीन लाख रुपैयाँ दिने निर्णय गरेको छ । अविरल वर्षासँगै आएको पहिरोमा परी शुक्रबार ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका २ खेजेनिममा पहिरोले घर बगाउँदा ४ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय