झापामा पहिलो पटक वान प्लस यातायात प्रालिले ज्येष्ठ नागरिक तथा आपाङ्गमैत्री बस सञ्चालनमा ल्याएको छ । कन्काईस्थित कोटीहोममा एक कार्यक्रमकाबीच उद्घाटन गरिएको बसमा भिआईपी सिटसहित स्लिपिङ बेडको पनि ब्यवस्था छ ।
विगत २ वर्षबाट सञ्चालनमा आएको वान प्लस यातायात प्रालिले धरान(काठमाण्डौ रुटमा सेवा दिंदै आएको थियो । त्यस पश्चात यात्रुको माग र राम्रो प्रतिक्रिया पाएपछि पहिलो पटक झापाबाट सेवा सञ्चालन गर्ने जमर्को गरेको सञ्चालक बिनोद कोइरालाले बताउनु भयो ।
उहाँले बिरामी,बृद्धबृद्धा र अपाङ्गता भएकाहरुले मात्रै स्लिपिङ बेडसहितको क्याबिन बुक गर्नसक्ने बताउनु भयो । करिब २ करोड रुपैयाँ लगानी रहको बसमा एयर सस्पेन्सन, जिपिएस लोकेटरसहित सिसी टिभीको ब्यवस्थाले यात्रुहरुको यात्रा सुरक्षित रहने अर्का सञ्चालक रिवश काफ्ललेको भनाई छ ।
उहाँले यातायात अपाङ्गमैत्री भएन भन्ने जनगुनासो बढिरहेको परिपेक्षमा केही यात्रुको समस्यालाई सम्बोधन गरिएको बताए । उहाँले काँकरभिट्टा काठमाण्डौको भाडा २हजार२ सय राखिएको जानकारी दिनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय