दमक नगरपालिकाको आर्थिक बर्ष २०८१/०८२ को बजेट तथा योजना तर्जुमाको सन्दर्भमा बजेट तर्जुमा समिति संयोजक तथा नगर उपप्रमुख रेगिना भट्टराई (प्रसाइँ)ले स्थानीय पत्रकारहरुसँग अन्तरक्रिया गरेकी छिन् ।
बजेट तथा योजनाहरुको छनोटका लागि वडा वडाका टोल बस्तीहरुमा भेला भइरहेका बेला बजेट निर्माणको सन्दर्भलाई लिएर पत्रकारहरुसँगको छलफलले थप सहयोग पुग्ने विश्वाससहित यस्तो छलफल गरिएको उपप्रमुख भट्टराईले बताइन् ।
उनले पत्रकारहरुसँगको अन्तरक्रियामा पत्रकारहरुले स्थानीय सरकारलाई संविधानतः सञ्चार नीति ल्याएर समग्र सञ्चार जगतलाई सम्बोधन गर्न उपप्रमुख भट्टराईको ध्यानाकर्षण गराए । पत्रकारहरुले स्थानीय सरकारलाई योजना तथा बजेट, कार्यक्रमहरु टुक्रे खालका नल्याई ठोस उपलब्धि हुने किसिमका योजनाहरु ल्याउन सुझाव दिए ।
उनीहरुले नगरपालिकाको आन्तरिक आम्दानीका स्रोतहरुको भरपुर उपयोग गर्न, विभिन्न व्यवसायिक पसल कवलहरुको भाडा सम्झौता पुनरावलोकन गरेर बिचौलिया राज हटाउन, तालिमका नाममा भइरहेको फर्जी खर्चलाई कटौती गर्न, खोला नदीहरुको गिटी , बालुवा निकासीको ठेक्का पारदर्शी ढंगबाट लगाउन, अमानतमा राजश्व संकलन बन्द गरी पारदर्शीता प्रस्तुत गर्न, यहाँका ठुला र महत्वपूर्ण योजनाहरुलाई परिणाममुखी बनाउन तर्फ स्थानीय सरकार अग्रसर हुनुपर्ने लगायतका सुझावहरु राखेका छन् । सो अवसरमा उपप्रमुख भट्टराईले सबै वडाहरुलाई बजेटको सिलिङ वितरण गरिएको र सोको आधारमा वडाहरुलाई योजना तथा कार्यक्रमहरु पेश गर्न सुझाइएको पनि बताइन् ।
नगरका विविध बिषयहरुमा नागरिकस्तरबाट उठिरहेका गुनासा र जिज्ञासाहरुको समाधान गर्ने गरि बजेट तथा कार्यक्रम ल्याइने, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखिने पनि उपप्रमुख भट्टराईले सार्वजनिक गरिन् । उनले यस बर्ष सबै वडामा सुत्रका आधारमा बजेट विनियोजन गर्ने जनप्रतिनिधिहरुबीचको सहमति भएको र वडामा जाने बजेटको आकार बढाइएको पनि अन्तरक्रियामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय