अविरल वर्षाले कल्भर्ट भत्किदा मेची राजमार्गको केचना–चारआली सडकखण्ड अवरुद्ध भएको छ ।

वर्षाले भद्रपुर नगरपालिका–१ लाहुरे चौकस्थित राजपैनी खोलामा बनाइएको ५० मिटर लामो कल्भर्टमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सडक अवरुद्ध हुँदा भद्रपुरबाट कचनकवल जाने सवारीसाधनहरू वैकल्पिक बाटो प्रयोग गर्न बाध्य भएका छन् ।

अहिले साना तथा ठुला सवारीसाधनहरू भद्रपुरको सगरमाथा चोक वा सोमबारे चोकबाट पश्चिम हुँदै कचनकवलतर्फ गइरहेको बताइएको छ ।