झापामा जिल्ला समन्वय परिषदको सभापतिमा सोमनाथ पोर्तेलाइ नै उठाउने नेकपा एमालेको स्थायी कमिटी बैठकले निर्णय गरेको छ । पोर्तेलको नाम समितमा आएपछि जिल्लामा मतभेद भएपछि अन्योल सिर्जना भएको छ ।
शुक्रबार बसेको एमालेको स्थायिक कमिटीको बैठकले प्रमुखमा पोर्तेल र उपप्रमुखमा मीना पराजुलीलाइ उठाउने निर्णय गरेको हो । एमालेको स्पष्ट बहुमत रहेका परिषद्को प्रमुख र उपप्रमुखमा दुबैजना निर्वाचित हुने निश्चित रहेको छ ।

 

प्रेस विज्ञप्ति
नेकपा (एमाले) स्थायी कमिटीको बैठक पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज बस्यो । बैठकमा चिकित्सा शिक्षाको क्षेत्रस“ग सम्बन्धित विभिन्न माग राखी अनसनमा बसिरहनुभएका डा. गोविन्द केसीको सन्दर्भमा छलफल भयो । हाम्रो पार्टीको नेतृत्वको सरकारले चिकित्सा क्षेत्रका सुधारका सम्बन्धमा प्रा. केदारभक्त माथेमा आयोगले दिएका सुझाव र सिफारिसलाई आधार बनाउ“दै तत्कालीन व्यवस्थापिका संसदमा ‘चिकित्सा शिक्षा विधेयक’ टेबुल गरेको यहा“ स्मरणीय छ ।

हाम्रो पार्टी प्रतिपक्षमा भएको बेला पनि उक्त विधेयक संसदमा प्रस्तुत गरी पारित गर्न पटक–पटक सरकारको ध्यानाकर्षण गर्दै आएको कुरा सबैको जानकारीका लागि सूचित गर्दछौं । सरकार स्वयम्को अकर्मण्यता र दिशाहीनताका कारण आजसम्म पनि उक्त विधेयक पारित भएको छैन । यस सम्बन्धमा सरकार र सत्ता गठबन्धनको द्वेध चरित्रप्रति बैठकले गम्भीर आपत्ति प्रकट गरेको छ । आफ्नो दायित्व पूरा नगर्ने र यस विषयमा नेकपा (एमाले)लाई अनावश्यक लाञ्छित गर्ने कुराप्रति हाम्रो गम्भीर असहमति रहेको छ । तसर्थ, हाम्रो पार्टी छिटोभन्दा छिटो चिकित्सा शिक्षा विधेयक व्यवस्थापिका संसद्मा छलफल गरी पारित गर्न सरकारको गम्भीर ध्यानाकर्षण गर्दछौं । साथै, गोविन्द केसी र उहा“का प्रतिनिधिस“ग वार्ता गरी उचित ढंगले समस्याको समाधान गर्न बैठकले सरकारको गम्भीर ध्यानाकर्षण गरेको छ ।

बैठकले निम्न जिल्लामा निम्नअनुसार जिल्ला समन्वय परिषद्को प्रमुख र उपप्रमुखमा निर्णय गरेको छ ः
भोजपुर – लक्ष्मण खड्का – प्रमुख
उदयपुर – खड्ग परियार – प्रमुख, गंगा राई– उपप्रमुख
झापा – सोमनाथ पुर्तेल – प्रमुख, मीना पराजुली– उपप्रमुख ।

योगेश भट्टराई
प्रमुख

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah