दमक। जंगली हात्तीको आक्रमणबाट झापाको दमकमा एक जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा दमक नगरपालिका- ३ निवासी ४५ वर्षीय मीनबहादुर भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आज बिहानकाे राती २ बजेकाे समयमा दमक नगरपालिका-३ स्थित दिपज्योति टोलमा जंगलबाट आएको एउटा हात्तीले स्थानीय सुविन भट्टराईकाे भान्सा घर भत्काउन खाेज्दा छिमेकी भण्डारीसहित मानिसहरू हात्ती धपाउन निस्किएका थिए ।

साेही क्रममा हात्तीले एक सय मिटर परसम्म भण्डारीलाई लखेटी लछारपछार गरि घटनास्थलमै मारेकाे प्रहरीले जनाएको छ । घटनाको बारेमा इलाका प्रहरी कार्यालय दमकले अनुसंधान गरिरहेकाे जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय