
दमक — सुजुकीको मोटरसाइकल तथा स्कुटरको ‘महा एक्स्चेन्ज मेला’ सुरु भएको छ । सुजुकीको नेपालका लागि आधिकारिक बिक्रेता भीजी अटोमोबाइल्सले माघ ६ गतेदेखि १५ गतेसम्म ‘महा एक्स्चेन्ज मेला’ आयोजना गरेको हो । उक्त मेलामा ग्राहकले आफूसँग भएको जुनसुकै ब्राण्डका पुराना दुईपाङ्ग्रे साधनसँग सुजुकीको नयाँ मोटरसाइकल र स्कुटर साट्न सक्नेछन् । साथै, ग्राहकले एक्स्चेन्ज मार्फत १५ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म ग्यारेन्टेड थप मूल्याङ्कन पाउँने कम्पनीले बताएको छ । कम्पनीले ग्राहकको सहजताका लागि अन द स्पट इजी फाइनान्स सुविधाका साथै, स्ट्रेस फ्री ओनरसिप, र इजी डकुमेन्टेसन जस्ता सुविधाहरू प्रदान गर्ने जनाईएको छ । एक्स्चेन्ज मेलाका अफरहरू सुजुकीका नेपालभर रहेका आधिकारिक शोरुमहरूमा लागू हुने कम्पनीले जनाएको छ । झापाको दमकमा भने दमक नगरपालिका वडा नम्बर ५ गोर्खालि टोलमा रहेको माथा पाथिभरा अटो टेड्र प्रालिमा यो सुबिधा उपलब्ध रहेको प्रालिका सञ्चालक दिपक भट्टराईले जानकारी दिए । सुजुकी सोरुमले माहाँ जाडोको एक्चेन्ज मेलाको अबसर पारेर बिभिन्न सुबिधाहरु प्रधान गरिरहेको भट्टराईको भनाइ छ ।