
इलाका प्रहरी कार्यालय दमकका प्रमुख, प्रहरी नायव उपरीक्षक निशान थापा प्रहरी उपरीक्षकमा बढुवा भएका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालयको बढुवा समितिले प्रहरी उपरीक्षकमा बढुवा गरेको ३७ जनामा उनी पनि परेका छन् । यसअघि इलाका प्रहरी कार्यालय बिर्तामोडमा प्रहरी नायव उपरीक्षक (डीएसपी) रहेका रुगमबहादुर कुँवर पनि प्रहरी उपरीक्षक (एसपी) मा बढुवा भएका छन् । गत वर्षको चैत ७ मा नेपाल प्रहरीका १४१ जना प्रहरी नायव उपरीक्षक(डीएसपी)को सरुवा हुँदा सरुवा भएर थापाले इलाका प्रहरी कार्यालय दमकको कमाण्ड सम्हालेका थिए ।