मोरङको लेटाङ नगरपालिका–९ स्थित हरियाली सामुदायिक वनबाट जंगली जनावर हरिणको मासु काट्दै गरेको गरेको अवस्थामा एक जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

लेटाङ–९ का ४७ वर्षीय कुमार राईलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । हरियाली सामुदायिक वनस्थित जाँते–पथरी भित्री सडक खण्डभन्दा करिब ३ सय मिटर पूर्वमा मृत हरिण रहेको जानकारी प्रहरीलाई आएको थियो ।

अस्थायी प्रहरी चौकी जाँते र वन कार्यालयको संयुक्त टोलीले खोजी गर्ने क्रममा मासु काट्दै गरेको अवस्थामा मृत हरिणसहित राईलाई फेला पारिएको प्रहरीले जनाएको छ । प्रहरीले को ११ प ६०५८ नम्बरको मोटरसाइकल, खुकुरी, मोबाइल तथा नगद ६ हजार ५ सय ६५ रूपैयाँ पनि बरामद गरेको छ ।

मृत हरिणसहित पक्राउ परेका राईलाई प्रहरीले आवश्यक अनुसन्धान एवं कारबाहीका लागि वन कार्यालयको जिम्मा लगाएको छ । हरिणलाई बन्दुकले हानेर मारेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय