
इलामको सूर्योदय –७ लेप्चाटोलमा भाइको मुक्का प्रहारबाट दाई घाइते भएका छन् ।
हिजो बिहान ११ः३० बजे सूर्योदय– ७ लेप्चाटोल बस्ने ३५ वर्षीय मोहन लेप्चालाई सामान्य घरायसी विवादका कारण उनकै भाइ ३१ वर्षीय बिनोद लेप्चाले मुक्का प्रहार गरी कुटपिट गरेका हुन् ।
मुखमा बाहिरी र छातीमा भित्री चोट लागेका घाइते मोहनलाई उपचारको लागि मनमोहन अस्पताल बिर्तामोड ल्याइएको छ । कुटपिट गर्ने बिनोद फरार रहेकाले खोजतलास भइरहेको इलाम प्रहरीले जनाएको छ ।