राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेटका लागि गरेको प्रयास असफल भएको छ ।

अध्यक्ष थापाले स्वराजसँग भेटका विभिन्न माध्यमहरूबाट प्रयास गरिरहेको उच्च स्रोतको भनाइ छ । तर, भारतीय विदेशमन्त्री स्वराजले थापाको कुनै हैसियत नहरेको भन्दै भेट्न अस्वीकार गरेको स्रोतको दाबी छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘कमल थापाजीले बिहीबार सुष्मा स्वराज काठमाडौं आइपुगेदेखि भेटका लागि विभिन्नमाध्यमबाट पहल गरिरहनु भएको छ’, भारतीय दूतावास निकट एक उच्च स्रोतले भन्यो, ‘तर, विदेशमन्त्री सुष्मा स्वराजले कमल थापाको हैसियत छैन । यस्ता व्यक्तिलाई भेट्नको अर्थ छैन भनेर समस्य दिन मान्नु भएन ।’

हिन्दूराष्ट्रको मुद्दा छाडेको आरोप लागेका अध्यक्ष थापाले सोही विषयमा पनुः भारतको समर्थन आफूलाई आवश्यक रहेको भन्दै विदेशमन्त्री स्वराजसँग भेट्ने प्रयास गरेका हुन् । तर, विदेशमन्त्री स्वराजले थापालाई छेउछाउ पर्न दिएकी छैनन् ।

तर, राप्रपा अध्यक्ष थापाले स्वराज नयाँदिल्ली फिर्ता नहुँदासम्म जसरी पनि भेटेरै छाड्ने निकटका नेताहरूलाई बताउँदै आएको स्रोतको भनाइ छ ।

कमल थापाले भारतले राप्रपा फुटाएको भन्दै गम्भीर आरोप समेत लगाएका छन् । यस्तो अवस्थामा कमल थापा आफै भारतीय विदेशमन्त्री स्वराजलाई भेट्न आतुरता देखाउनुलाई राप्रपाभित्रै नेताहरूले रहस्यपूर्ण तरिकाले हेरेका छन् ।

संवैधानिक राजसंस्था र हिन्दूराष्ट्रको नारा छाडेर व्यक्तिगत स्वार्थको राजनीति गर्दै आएका थापालाई भारतले महत्व दिन छाडेको चर्चा हुन थालेको छ । भारतले आफूलाई मन पराउन छाडेपछि आत्तिएका अध्यक्ष थापा पुनः सम्बन्ध सुधारका लागि प्रयासरत छन् । दैनिक नेपाल बाट