बिष्णुप्रसाद पोखरेल
दमक / झापा कन्काइ, रतुवा, कमल, बिरिग लगायतका खोृलाहरु बस्तिमा पसेको बताइएको छ । झापाको दमक १० पनि बाढी बस्तिमा पसेको खबर प्राप्त भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
इलाका प्रहरी कार्यालय झिलझिलेका प्रमुख कुन्दन देबका अनुसार कन्काइ र कमल खोलाको बाढी बढेर अहिले चारैतर्फबाट फोन आइरहेको छ । टोलीहरु ठाँउठाँउमा खटाइएको र विरण बुझ्न बर्षादले कठिनाइ भएको उनले बताए ।
जल तथा मौसम बिज्ञान बिभागको अनुसार अहिले साउन २७गते राती ९ बजे कन्काइ खोलामा खतराभन्दा धेरैमाथि पानीको सहत बढेको छ । यसले यहाँ गम्भिर अवस्था आउनसक्छ । रेडक्रस झापाले अत्यन्त संकट आउन सक्ने बताउदै होशियार अपनाउन आग्रह गरेको छ ।
आधा झापाको भूभाग जलमग्न भएको बताइएको छ । खोला किनारमा रहेका बस्तिहरुको उच्च जोखिममा रहेकाछन् । रातको समय भएकाले उद्धार र बाढीको अवस्था बुझ्न नसकिएको प्रहरीहरुले बताएकाछन् ।
दक्षिणी झापामा आपतकालीन साइरनहरु बजिरहेको रेडक्रस झापाका सभापति लोकराज ढकालले बताएकाछन् । त्यहाँका समुदायहरुले आफूहरु आपत्मा रहेको जनाउदै साइरन बजाइरहेकाहुन् । यद्यपि उनिहरु सम्पर्कमा रहेकाछन् ।



