झापाको दमक पुरै डुबानमा परेको छ । लगातरको बर्षाले गर्दा सुकुम्बासी बस्तिहरु बढि जोखिममा परेकाछन् । यता दमकको दीपेनीले उद्म मच्चाएको छ । दमकका अधिकाँश वाडहरु डुबानमा परेकाछन् ।

दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली बिहानैदेखि बाढी प्रभावित क्षेत्रको अवलोकनमा निस्केकाछन् । टेलिफोन, मोवाइल र इन्टरनेट सुविधा नहुदा क्षतिको विवरणहरु आउन सकेकाछैनन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दमकको १० नम्बर धेरै डुबानमा परेको छ । यसैगरी दमकको वडा नंं ५ पनि पुरै जलमग्न भएको छ । सडकमा कम्मरसम्म पानी आएको छ । सडकको दूइ किनारकै बस्तिहरु पानीले जलमग्न रहेकाछन् ।

समग्रमा जिल्ला झापा नै डुबानमा परेको छ । कमल गाँउपालिका, गौरादह नगरपालिका, गौरीगन्ज गाँउपालिका, शिवसताक्षी नगरपालिका पनि पुरै डुबानमा परेकाछन् ।

महाभारा लगायतको क्षेत्र सम्पर्क बिहिन रहेको जनाइएको छ । त्यहाँ हेलिकप्टर माग गरिएको छ । तर अहिलेसम्म त्यहाँ उद्धार टोली पुग्न सकेको छैन ।