काठमाडौं । लगातारको वर्षापछि तराई मधेसमा बाढी र पहाडी जिल्लाहरुमा पहिरोले वितण्डा मच्चाएको छ । देशका विभिन्न भागमा गरी बाढी र पहिरोबाट ३० जनाको मृत्यु भएको छ भने हजारौं प्रभावित भएका छन् ।

गृह मन्त्रालयका अनुसार बाढी तथा पहिरोमा परेर सुनसरीमा ७, झापामा ४, मोरङमा ३, बारामा १, सर्लाहीमा १, बाँकेमा ४, पाँचथरमा ३, दाङमा १, सिन्धुलीमा ४, पाल्पामा १ र बर्दियामा १ गरी ३० जनाको मृत्यु भएको छ ।

कनकाइ, सप्तकोशी, माडी, नारायणी, बबई, पश्चिम राप्ती लगायतका नदीमा पानीको सतह बढेर खतराको संकेत पार गरेको बाढी पूर्वामानुमान महाशाखाले जनाएको छ ।

नदीहरुमा आएको बाढी गाउँ पस्दा झापा, मोरङ सुनसरी, सप्तरी, रौतहट, सल्लाही, दाङ, बाँके सहितका जिल्लाका बस्तीहरु डुवानमा परेका छन् । बाढी पूर्वानुमान शाखाले तराई मधेसका जिल्लाहरुमा डुबानको खतरा कायमै रहेको भन्दै तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा जान आग्रह गरेको छ ।

शाखाका अनुसार तराई क्षेत्रका नदीहरुमा अझै पनि बाढीको जोखिम उच्च छ । केही नदीमा जल सहत बढ्दो छ भने केहीमा खतराको तहभन्दा माथि पुगिसकेको छ ।

यस्तै मध्य पहाडी जिल्लाका विभिन्न स्थानमा गएको पहिरोले धनजनको क्षति भएको छ ।

झापाः जिल्लामा अहिलेसम्मकै सबैभन्दा धेरै वषर्ामा भएको छ । शिवसताक्षी नगरपालिका-१० मा रहेको गैंडे जल तथा मौसम मापन केन्द्रका अनुसार शनिबार ३७६.५ मिलिमिटर वर्षा भएको हो ।

यसअघि २०५२ साल भदौ ५ गते २७७.८६ मिलिमिटर वर्षा भएको थियो । अहिले साँझ झापाको कनकाई नदीमा पानीको सतहले खतराको सूचि नाघेको छ । कनकाई नदीमा पानीको बहाव ६.५ मिटरमा पुगेको छ । सामान्यतः पानीको सतह ४.२ पुगेपछि खतरा मानिन्छ ।

विभिन्न नदीमा आएको बाढीका कारण ७ जना बेपत्ता छन् । जिल्लाका १ हजार २ सय ४९ घर परिवार प्रभावित भएका छन् भने १ हजार २ सय ६९ घर परिवार विस्थापित भएका छ ।

१ हजार १ सय ६६ घरमा आंशिक क्षति पुगेको छ ।

सुनसरीः धरान र इटहरीका साथै जिल्लाका धेरै भूभाग डुवानमा परेको छ । इटहरी उपमहानगरमा बाढीले बगाएर  ६ जनाको मृत्यु भएको छ । स्थानीय ट्यांग्रा खोला र बुढीखोलाको किनारमा ५ जनाको शव भेटिएको छ भने तरहरामा एकजना वृद्धको शव फेला परेको प्रहरीले जनाएको छ ।

बाढीले इटहरी स्थित नेपाली सेनाको पूर्वी पृतना मुख्यालयसमेत डुवानमा परेको छ । सेनाको ब्यारेक भित्रै पानी पसेपछि केही सामान सुरक्षित स्थानमा सारिएको छ ।

सप्तकोशी नदीमा पानीको बहाव वर्षकै उच्च स्थानमा पुगेको छ ।

बिराटनगरः अविरल वर्षाका कारण विराटनगर विमानस्थल जलमग्न भएको छ र दुई दिनयता उडान तथा अवतरण ठप्प भएको छ । विमानस्थल प्रवेश गर्ने प्रवेशद्वारदेखि नै पानी भरिएको छ र सवारी लिएर वा पैदल हिँडेर मुख्य सडक पार गरी विमानस्थल पुग्न सक्ने स्थिति छैन ।

बक्राहा नुनसरी खोला र लोहन्द्रा खोलाले बगाउँदा केराबारी कुसुमेका मिनबहादुर थापा र मिक्लाजुङ रातमाटेका गंगाराम खतिवडाको मृत्यु भएको छ । बाढीले मोरङमा पनि २३ सय घर डुबानमा परेको प्रहरीले जनाएको छ ।

मोरङका थुप्रै बस्तीहरु जलमग्न बनेका छन् । बाटामा सवारी साधनहरु चल्न सक्ने स्थिति छैन । घरहरु पनि भुइँतलामा बस्न नसक्ने गरी डुबानमा परेका छन् ।

बाँकेः बाढीले राप्तीसोनारी गाउँपालिका-४ लालपुर गाउँका घर भत्काउँदा तीन बालिकाको मृत्यु भएको छ । बाढीले कमीलाल थारुको घर भत्किँदा तीन छोरीको मृत्यु भएको र आमा बेपत्ता भएको बाँकेका प्रहरी उपरीक्षक टेकबहादुर तामाङले बताए ।

भोजभगवानपुर, मटहिया, गंगापुर गाउँका मानिसहरुलाई हेलिकोप्टरबाट उद्दार गरिएको छ । उनीहरुलाई नरैनापुरको सुरक्षित स्थानमा लागेको छ । वर्षाले राप्तीसोनारी गाउँपालिकाका बैजापुर, बिनौना र फत्तेपुर गाउँ तथा डुडुवा गाउँपालिकाका होलिया, बेतहानी, वनकटी र कम्दी गाउँ डुबानमा परेका छन् ।

कोहलपुर नगरपालिकाका केही गाउँ डुबानमा परेका छन् । राप्ती नदीको सतह बढ्दै गएपछि गाउँमा बाढी पस्ने जोखिम बढेको छ । घरभित्र पानी पसेपछि मानिसहरु छत तथा अग्लो स्थानमा बसेर सहयोग मागिरहेका छन् ।

सर्लाहीः वर्षाले सर्लाहीको जनजीवन प्रभावित भएको छ । सदरमुकाम मलंगवासहित दक्षिणी भेगमा दर्जनौं घर डुबानमा परेका छन् । प्रहरीका अनुसार वर्षासँगै आएको बाढीले सर्लाहीमा झण्डै सात सय घर डुबानमा परेका छन् ।

घर भत्किएर धनकौल गाउँपालिका-१ मानपुरका ७५ वषर्ीय वृद्ध किशोरी रायको मृत्यु भएको छ । सर्लाहीको बागमती, लखन्देही, कालिन्जोर, फूलजोर, बाँके, झिम, मनुषमारा जस्ता खोलामा पानीको बहाव उच्च भएको छ ।

रौतहटः तीन दिनदेखि परेको अविरल वर्षाका कारण रौतहट जलमग्न भएको छ । झाँझ, बागमती र लाल बकैया नदीमा आएको बाढीलेसबै गाँउपालिका र गौर, गरुडा र चन्द्रपुर नगरपालिका केही भूभाग डुबानमा परेका छन् ।

पूर्वमा रहेको बागमती नदीले मत्सरी, बेलबिछवा, पिप्रा रजबाडा, बडहरवा र आसपासका खेतहरु कटान गरिरहेको छ । वषर्ाको पानीले बेलबिछवा वडा नं. ४ मा रहेको तट्बन्ध ठाँउठाँउमा भत्किएकाले तटबन्ध नै भत्काउने खतरा बढेको छ ।

लालबकैया नदीमा पानीको बहाव बढेका कारण बन्जरहा, इनर्वा, लक्ष्मीनिया, मर्यादपुर, कटहरीया, बसन्तपट्टी, तेजापाकडका स्थानीयमा त्राश बढेको छ । बाढीको पानीका कारण रौतहटको बन्जरहाको सडक सम्पर्क टुटेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah