अविरल वर्षाका कारण पूर्वका झापा, मोरङ, सुनसरी र सप्तरीको आधा भाग डुबानमा परेको प्रहरीले जनाएको छ ।

पूर्व क्षेत्रीय प्रहरी प्रमुख डीआईजी रमेशकुमार भट्टराईका अनुसार डुबेर तथा बाढीले बगाएर हालसम्म १७ जनाको मृत्यु भइसकेको छ । अन्य १५ जना बेपत्ता छन् । विराटनगर विमानस्थल जलमग्न छ । एक घण्टादेखि वर्षा रोकिएको डीआईजी भट्टराईले जानकारी दिए । ‘२/४ घण्टा वषर्ा रोकियो भने विमानस्थलमा जमेको पानीको सतह घट्ने र त्यसपछि मात्र उडान सुचारु गर्न सकिने सम्भावना छ,’ उनले भने ।

कोशी ब्यारेजमा पानीको सतह पौने तीन लाख क्युसेक पुगेको छ । ब्यारेजमा रातो बत्ती बलिरहेको छ । उक्त ब्यारेजको क्षमता पाँच लाख क्युसेक हो । क्षमताका हिसाबले ब्यारेज जोखिममा रहेको भन्न नमिल्ने डीआईजी भट्टराईले बताए ।

प्रभावित क्षेत्रमा विद्युत अवरुद्ध छ । ल्यान्डलाइन र मोबाइल सेवा पनि अवरुद्ध छन् । नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यका अनुसार इटहरीस्थित एक्स्चेन्जका ब्याट्रीहरू डुबानमा परेका कारण ल्यान्डलाइन र मोबाइल सेवा अवरुद्ध हुन पुगेको हो । अहिले दुवै सेवा खुलाउने प्रयास भइरहेको तर ल्यान्डलाइनबाट मोबाइलमा सम्पर्क हुने ‘इन्टर लिंक’मा अझै समस्या रहेको उनले जानकारी दिइन् । ‘खुलाउने प्रयास जारी छ,’ वैद्यले भनिन् ।

झापा संवाददाता गौरव पोखरेलका अनुसार खोलाले कन्काई नदी, झिल्झिले खोला र भद्रपुरको स्थानीय खोलाले बगाएर चार जनाको मृत्यु भइसकेको छ । अन्य ११ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ । अदुवा खोलामा पानीको सतह कम भएकाले बिर्तामोड बजारमा डुबानको समस्या कम भएको छ । तर, कुमरखोद, टाघनडुब्बा, शरणामती, शिवगन्ज, पाँचगाछी, डाँगीबारी, घेराबारी, कमललगायत गाउँ क्षेत्र बढी प्रभावित छन् ।

झापामा शनिबार २२ वर्षयताकै ठूलो वर्षा मापन भयो । कन्काई सिँचाइ आयोजनाको उपकरणले तीन सय ७६ दशमलव पाँच मिलिमिटर मापन गरेको थियो । झापामा ०५२ सालमा दुई सय ७७ दशमलव ८६ मिलिमिटर वषर्ा मापन गरिएको थियो । शनिबार बिहानदेखि नै बन्द रहेको चन्द्रगढी विमानस्थल आइतबार पनि खुलेको छैन ।अनलाईन खबर बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah