अविरल वर्षापछि बाढीले नेपालका विभिन्न स्थानमा जलमग्न भएपछि कोशी, गण्डक र लक्ष्मणपुर बाँधका सबै ढोका खुल्ला गरिएको छ। नेपाल सरकारको आग्रहपछि भारत सरकारले कोशी, गण्डक र लक्ष्मणपुर बाँधको सबै ढोका खुल्ला गरेको नेपालस्थित भारतीय दुतावासले जनाएको छ ।

अबिरल वर्षासँगै ती बाँध आसपासका क्षेत्र डुवानमा परेका छन् । परराष्ट्रमन्त्री कृष्णबहादुर महराले भारतीय समकक्षी सुष्मा स्वराजलाई बाँधका ढोका खोलिलिन आग्रह गरेका थिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आफुसँगको कुराकानीमा स्वराजले कोशी लगायतका अन्य बाँधका ढोका खोल्न मातहतका निकायलाई निर्देशन दिएको बताएको मन्त्री महराले बताए।

नेपालले ती बाँधका ढोकाहरु खोल्न हिजै आग्रह गरेपनि आधाजसो ढोका मात्र खोलिएको थियो ।