शनिबार रातिदेखि बर्षा तथा बाडीले अाक्रान्त बनेकाे पुर्बी तराइको जनजिवन सामान्य हुन थालेको छ ।  बर्षा रोकीएकाले बाडी घटेको छ ।  बाडी घटेपछि यस क्षेत्रको जनजिवन केही सामान्य बन्दै गएकाे  हो । अहीले पनि बिद्युत, टेलीफोन, इन्टरनेट तथा खानेपानी सेवा भने अबरुद्धनै छ ।

पुर्बमा बिधुत बितरण गर्ने सुनसरीको दुहबी ग्रीडमा अझैपनि पानी जमेकाेले बिधुत सुचारु हुन नसकेको हो । दुहबी ग्रीडको पानी सुकेपछि सबै मेसिन ड्राइ गरेर मात्र बिधुत सप्लाइ सुचारु गर्न सकिने प्राधिकरणले जानकारी दिएको छ । आज सोमबार दिनभर घाम लाग्यो भने बेलुकाबाट बिधुत सुचारु हुन सक्ने अनुमान गरिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

विद्युत अवरुद्ध भइरहेकाले मोवाइल, इटरनेट तथा खानेपानी सेवा राम्ररी संचालन हुन सकेकाे छैन । नेपाल टेलिकम तथा एनसेलको नेटवर्क समेत भरपर्दो नहुँदा सञ्चार सम्पर्क गर्न समस्या भइरहेको छ । इन्टरनेटमा समेत समस्या आएको छ । क्लासिटकेटकाे इन्टरनेट भने आज सोमबार बिहानबाट सुचारु भएको छ ।