शुक्रबारदेखि परेको अविरल वर्षाका कारण पूर्वी तराईको जनजीवन अस्तव्यस्त छ । विद्युत् आपूर्ति अबरुद्ध भएका कारण मानिसहरु सञ्चार सेवाबाट समेत बञ्चित भएका छन् तर वडाध्यक्ष लक्ष्मी ओलिको घरमा मोबाईल चार्ज गर्नेको घुइचो बढेको छ ।

कनकाई नगरपालिकाको वडा नं. ६ का वडाध्यक्ष लक्ष्मी ओलीले घरमा जेनेरेटर राखेर मोबाइल चार्ज गर्ने सेवा दिएका हुन् ।उनको घरमा अहिले ३० जना गाउँलेले एकैपटक मोबाइल चार्ज गरिरहेका छन् ।उनका अनुसार शनिबार धेरै जनाले चार्ज गर्दा जेनेरेटरको क्वायल नै जलेको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

तर पनि जेनेरेटर मर्मत गरेर फेरि मोबाइल चार्जसेवा सुरु गरिएको छ ।उनको वडामा २९ जना बाढी पीडित छन् । वडा नंं. ६ को दुर्गापुरमा विरिङ नदी पस्दा उनीहरु प्रभावित भएका हुन् ।वडाध्यक्षले मोबाइल चार्ज गर्ने व्यवस्था मिलाइदिएपछि स्थानीयले खुशी व्यक्त गरेका छन् ।