नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाएपछि सवारी आवागमन सञ्चालन भएको छ। सो सडकखण्डअन्तर्गत पाँचकिलोमा गएराति पहिरो खसेपछि सडक अवरुद्ध बनेको थियो।

जिल्ला प्रहरी कार्यालयका अनुसार राति १० बजेबाट सो ठाउँमा पहिरो खसेको हो। रातको समयमा पन्छाउन नसकेपछि अहिले बिहानबाट पहिरो हटाउन शुरु गरिएको थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सो सडकखण्डमा शुक्रबार दिउँसोपछि ठाउँ–ठाउँमा पहिरो जाँदा अवरुद्ध भएको सडक आइतबार साँझ मात्र सञ्चालनमा आएको थियो। रासस