काठमाडौं, ३० साउन - युरोपियन प्रेस एजेन्सीले नेपालमा बाढीले निम्त्याएको विपत्तिको एक हृदयविदारक फोटो कथा सार्वजनिक गरेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सप्तरीको कोइलाडी– ६ का ८ वर्षीय कमल सदाको बाढीमा परेर मृत्यु भएपछि उनलाई पुर्ने जमिन समेत नहुँदा बाढीमै बगाइएको तस्वीर सार्वजनिक गरिएको हो । युरोपियन फोटो एजेन्सी इपिएका लागि फोटो पत्रकार नरेन्द्र श्रेष्ठले ती फोटोहरु खिचेका हुन् ।

वर्षापछि सदा बाढीमा परेर बिते । परम्परा अनुसार उनलाई माटोमा पुर्नुपर्ने भएपनि पुर्ने ठाउँ नहुँदा उनलाई बाढीमै बगाइएको हो । बालकका काका देवकुमार सदाले उनलाई बाढीमै  बगाइदिएका थिए । दुर्गम गाउँ कोइलाडीमा लगातार वर्षाका कारण बिरामी भएपछि कमलको मृत्यु भएको थियो ।

मृत्यु पछि बालकलाई समातेका बालकका काका

मृत बालकलाई लिएर बाढीमै गएका काका

भतिजलाई बाढीमा छोडिँदै

बाढीबाट फर्किंदै बालकका काका

बाढीमा बग्दै बालक