बिष्णुप्रसाद पोखरेल

दमक/झापाको दमक ३ शिखर कटेरीमा अविरल बर्षासंगै गएको पहिरोका कारण ७ घर परिवार बिस्थापित भएको छ । रेडक्रस सोसाइटी उपशाखा दमकका सभापति लिला गुरागाइका अनुसार पहिरोका कारण सबैभन्दा ठूलो क्षति बसुद्धिमान तामाङको घरमा भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले पालेका बस्तुभाउहरु पहिरोले पुर्दा मरेकाछन् । यसैगरि आसपासका ६ घरहरु बिस्थापित भएको उनले जनाए । उनका अनुसार सुमन राइ, दिलबहादुर तामाङ, रामबहादुर बिक, समिर राइ, अमिन श्रेष्ठ र केदम लिम्बुको परिवार बिस्थापित भएको हो ।

आइतवार दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली सहितको टोली त्यहाँ पुगेको जनाइएको छ । आइतवार नै रेडक्रस दमक र दमक उद्योग बाणिज्य संघले राहत समेत बितरण गरेका थिए ।