मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
विगतका कमजोरी बाहिर आउनाले समस्या पर्ला। आजको लाभांश सञ्चय नहुन सक्छ। सरसापटमा खर्चनुपर्ला। अरूको विषयमा चासो राख्दा व्यर्थैमा दु:ख पाइनेछ। आफ्नो मिहिनेतको फाइदा अरूले उठाउने चेष्टा गर्नेछन्। फाइदा मिले पनि खर्चको मात्रा बढ्नेछ। ईर्ष्या गर्नेहरूले बाधा पुर्याउन सक्छन्। फाइदाका लागि शुभचिन्तकहरूलाई साथ लिएर काममा जुट्नुहोला। (नेपाली पात्रो)

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusनयाँ अवसर प्राप्त भए पनि नियमित काममै अलमलिनाले पछि परिनेछ। पहिलेको योजना अनिश्चित बन्नेछ भने नयाँ काममा अन्योल बढ्न सक्छ। आफ्नो सूचना बाहिरिने सम्भावना भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको अवसर जुट्नेछ। तर, स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ला। (नेपाली पात्रो)

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला। बलजफ्तीले बन्न लागेको काम बिग्रन सक्छ। आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। छर-छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुपर्ला। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ। शुभचिन्तकहरूको सुझावलाई ध्यान दिनुहोला। (नेपाली पात्रो)

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल-अचल धनको उपयोगबाट पनि लाभ उठाउन सफल भइनेछ। भैपरी आउने खर्चले सताउने हुँदा लाभांश सञ्चय भने नहुन सक्छ। पछि फाइदा हुने काम प्रारम्भ गर्ने अवसर प्राप्त हुनेछ। (नेपाली पात्रो)

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
विगतका कमजोरी बाहिर आउनाले समस्या पर्ला। अवसर प्राप्त भए पनि आफ्नैले काम बिगार्न सक्छन्। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ। स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुपर्ला। बलजफ्ती गर्दा काम बिग्रन सक्छ। शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। सामाजिक दायित्व बढ्नेछ। संघर्षद्वारा सामान्य लाभ उठाउन सकिनेछ। (नेपाली पात्रो)

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मिहिनेतले नयाँ जिम्मेवारी दिलाउनेछ। तारिफयोग्य कामको चर्चा हुनेछ। उपलब्धिको स्रोत प्राप्त हुनुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। तर अरूका काममा समेत समय खर्चनुपर्ला। सामाजिक उत्तरदायित्व प्राप्त भए पनि आफ्ना काम अवरुद्ध बन्न सक्छन्। परिस्थितिवश चिताएको काम रोकिन सक्छ। आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। (नेपाली पात्रो)

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
अरूका लागि बुद्धि खर्चनुपर्नेछ। उपलब्धिविहीन काममा समय बित्नेछ। आश्वासन बाँड्नेहरूले झुक्याउनेछन् भने पहिलेका सहयोगीहरू पछि हट्न सक्छन्। आफ्ना सूचना बाहिरिनाले समस्या आउला। कामप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ। शरीरमा केही कमजोरी तथा आलस्य अनुभूति हुनेछ। बिग्रिएको काममा दोहोर्याएर प्रयत्न गर्दा फाइदा उठाउन सकिनेछ। (नेपाली पात्रो)

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
कामको चापबाट फुर्सद पाइनेछ। व्यवसायले मनग्गे आम्दानी दिलाउनेछ। रमाइलो यात्रा गर्ने अवसर जुर्नेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिन सक्छ। गृहस्थी सुखद रहनेछ। विभिन्न सहयोग र उपहार प्राप्त होला। तारिफयोग्य काम सम्पादन हुनेछ। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। अतिथिका रूपमा मानसम्मान समेत प्राप्त हुनेछ। (नेपाली पात्रो)

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
अवसरले पछ्याए पनि परिस्थितिवश पछि परिएला। काममा समय दिन नसक्दा लक्ष्य प्राप्ति नहुन सक्छ। प्रतीक्षा गरिएको नतिजा कमजोर रहनेछ। दिगो कामलाई केही समय पर्खनुपर्ला। पहिलेका सहयोगीहरू पछि हट्नाले कामको चाप बढ्नेछ। बलभन्दा बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। मिहिनेतले अवसर दिलाउनेछ। समस्याका बीच टाढाको यात्रा हुनेछ। (नेपाली पात्रो)

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ। काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले मन खिन्न बनाउला। अध्ययनमा पछि परिनेछ भने व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला। बलजफ्तीले चुनौती निम्त्याउला। आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्। नतिजाका लागि काम दोहोर्याउनुपर्ला। (नेपाली पात्रो)

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
परिस्थिति आफ्ना लागि अलि प्रतिकूल रहनेछ। हडबड गर्नाले काम बिग्रन सक्छ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारोमा पार्नेछ। नजिकका साथीभाइ टाढिनेछन् भने अरूको फाइदाका लागि उपयोग भइएला। पशुधन र जमिनबाट सामान्य लाभ मिल्नेछ। परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ। धेरै फाइदा उठाउन नसकिए पनि सहयोगीहरूको साथ भने पाइनेछ। (नेपाली पात्रो)

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
परिस्थितिवश चिताएको काम रोकिन सक्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। व्यवसायमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्ने देखिन्छ। व्यवसायभन्दा सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ। तत्काल ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला। (नेपाली पात्रो)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah