दमक/ २ दशक लामो इतिहासमा परेको भिषण पानीका कारण दमक क्षेत्रमा समेत पहिरो बगेर आई पुगेको छ भन्दा धेरैलाई पत्यार नहुन सक्छ । तर यो घटना भएरकै हो ।
इलामको चुलाचुली गाविस र दमक वडा नं. ३ को दुम्से गाऊँको उत्तरी क्षेत्रमा पर्ने ऊँशान्ति टोल क्षेत्रमा यस पटकको पानीका कारण झरेको पहिरोले अहिलेसम्म ७ घर परिवार विस्थापित हुनु परेको छ । पहिरोका कारण देवीधारा सामुदायिक बनका सचीव स्थानीय सामाजिक अगुवा बुद्धिमान तामाङको ११ वटा बाख्रा र १ वटा गोरु पुरिएर मरेका छन् । पुरिएका चौपायहरु हालसम्म निकाल्न सकिएको छैन ।
कसरी झरयो त पहिरो
लामो समयसम्म लगातार पानी परे पछि चुलाचुली क्षेत्रमा रहेको पाखा गलेर पहिरो झरेको स्थानीय बासिन्दाले बताएका छन् । पहिरोबाट बुद्धिमान तामाङ, दिलबहादुर तामाङ, सुमन राई, समीर राई, राम विक, अमिर श्रेष्ठ, केदङ्वा लिम्बु लगायत विस्थापित भएका छन् । पहिरोले मुख्य गरी तामाङ दाजुभाइ दिलबहादुर र बुद्धिमानको भने धेरै क्षति र जोखिममा परेका छन् ।-डिकेश लामाको फेसबुकबाट



