सर्वोच्च अदालतले प्रेस काउन्सिलका अध्यक्ष भवानी बराललाई तत्काल काम नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय दीपकराज जोशी र तेजबहादुर केसीको संयुक्त इजलासले मंगलबार अन्तरिम आदेश जारी गर्दै अध्यक्ष बराललाई काम गर्न रोकेको हो।

अधिवक्ताहरू बैकुण्ठप्रसाद भण्डारी र राम कपाली समेतले स्थानीय तहको निर्वाचन आचार संहिता लागू भैसकेपछि अध्यक्ष पदमा नियुक्ति गरिएको भन्दै जेठ २४ मा रिट दर्ता गरेका थिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘प्रेस काउन्सिलका अध्यक्ष भवानी बराललाई काम गर्न दिइरहँदा निर्वाचन आचार संहिता उल्लंघन हुने हुँदा मुद्दाको अन्तिम टुंगो नलागेसम्म काम नगर्नु’ अन्तरिम आदेशमा भनिएको छ, ‘बरालको नियुक्ति भएको पदको काम गर्नबाट रोक्नुपर्ने देखिँदा प्रेस काउन्सिलको अध्यक्षको हैसियतले काम नगर्नु नगराउनु।’

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका गठबन्धनमा प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले निर्वाचन आचार संहिता शुरु भएपछि बराललाई काउन्सिलको अध्यक्षमा नियुक्ति गरेको थियो। नियुक्ति लगत्तै फेसबुकको अभद्र टिप्पणीका कारण बराल अालोचित बनेका थिए। नागरिक न्यूज बाट साभार