लगातारको वर्षाका कारण आएको बाढीका कारण मंगलबार मृत्यु भएका र कोशी नदीमा बगाएर सद्गत गरिएका बालक कमलु सदाका बुबा फुदन सदा बोल्न सक्ने अवस्थामा छैनन्।

छोराको काजक्रियाका लागि मंगलरबार उनी धरानबाट पैदल हिँडेर घर आइपुगेका थिए। ‘मसँग एक रुपैयाँ पनि थिएन। त्यसैले रात दिन हिँडेर उनी घर आइपुगें,’ विह्ल अवस्थाका फुदनले भने।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यो खबर गंगा बीसी/अवधेशकुमार झाले आजको कान्तिपुरमा लेखेका छन्।

मृतक छोराको सद्गद् गर्ने खाली जमिन नभएपछि कोशीमा बगाइएको थियो। यहाँ अभाव जमिनको मात्रै छैन, फुदनसँग छोराको काजक्रिया गर्ने पैसा पनि छैन।

यो अभावले फुदन परिवारलाई थप पीडा दिएको छ। उनले पालमुनि बसेर काजक्रिया सुरु गर्ने तयारी गरेका छन्।