दमक उद्योग बाणिज्य संघले आफ्नो २७ औ बार्षिकोत्सव तथा २६ औ बार्षिक साधरणसभाको अवसरमा गर्न लागेको २ दिने बृहत स्वास्थ्य शिबिरमा नेपाल औषधि ब्यवसायि संघ मेची शाखाले निशुल्क रुपमा बिरामीलाइ औषधि बितरण गर्ने भएको छ ।
बिभिन्न रोगका बिशेषज्ञहरु र उपकरण सहित बिहिबार र शुक्रबार दमकको रेडक्रस हलमा हुने स्वास्थ्य शिबिरमा जाँच भएका बिरामीलाइ निशुल्क औषधि उपलब्ध गराउने सहमति भएको दमक उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष बिमल खतिवडाले बताएकाछन् ।
नोवेल मेडिकल कलेजसंगको सहकार्यमा रेडक्रस तथा माछापुच्छ्रे बैकसंग समन्वय गरेर बाणिज्य संघले आफ्नो इतिहासमा पहिलो पटक बृहत स्वास्थ्य शिबिर गर्न लागेको बताईएको छ ।
बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालका अनुसार मानवीय सेवा अन्र्तगत स्वास्थ्य शिबिरको आयोजना गर्न लागिएको हो । सम्पूर्ण तयारी पुरा भएको उनले जानकारी दिएकाछन् ।
अधिकाँश रोगसंग सम्बन्धित बिशेषज्ञहरु आएर दूइदिनसम्म जाँच तथा उपचार गर्ने जनाईएको छ । एक्सरे, ल्याव लगायतको सुबिधासंग निशुल्क औषधिको समेत ब्यवस्था मिलाईएको बाणिज्य संघका द्धितिय उपाध्यक्ष युवराज घिमिरेले बताएकाछन् ।
बाणिज्य संघका प्रथम उपाध्यक्ष गोपाल गुरागाइका अनुसार ब्यवसायि तथा तिनका परिवारमात्र नभएर दमक र आसपासका बासिन्दाहरुलाइ समेत लक्षित गरेर स्वास्थ्य शिबिर आयोजना गरिएकाले यसको लाभ बिरामीहरुले उठाउने आशा गरिएको बताएकाछन् ।



