चार दिने नेपाल भ्रमणमा आएका चिनियाँ उपप्रधानमन्त्री वाङ याङलाई भेट्न हिडेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड झुक्किएर भारतको कार्यक्रममा पुगेपछि भारतीय अधिकारी चकित परेका छन् ।

भारतीय दूतावासले आफ्नो ७० औँ स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा आमन्त्रण नगरेरै नेपालको शीर्ष नेतामध्येका एक प्रचण्ड ‘विन बुलाए मेहमान’ बनेर पुगपछि भारतीय अधिकारीमात्रै होइन् माओवादीकै नेता एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा र पर्यटनमन्त्री जितेन्द्र देव समेत आश्चर्यमा परेका थिए ।

प्रचण्ड कसरी पुगे भारतको कार्यक्रममा ?

मंगलबार चिनियाँ उपप्रधानमन्त्री याङले प्रचण्डसहित माओवादी केन्द्रसँग पहिलो राजनीतिक भेटघाट गर्दैथिए । होटल सोल्टीमा बसिरहेका याङले प्रचण्डसँग भेटका लागि दिउँसो ३ बजेदेखि ३ः४० सम्मको समय दिएका थिए ।

ठिक त्यसभन्दा अगाडि २ बजेदेखि भारतीय दूतावासको कार्यक्रम सुरु भइसकेको थियो होटल सोल्टीमै । भुइँतलाको माधवी हल नेपालका उपप्रधानमन्त्री कृष्णबहादुर महराको उपस्थितिमा भारतीय दूतावासले स्थापना दिवस मनाइरहेको थियो ।

यता मेगा हलमा चिनियाँ उपप्रधानमन्त्री याङलाई भेट्न माओवादी नेताहरु देव गुरुङ, शक्ति बस्नेत, अग्नि सापकोटा, पम्फा भुसाल, टोपबहादुर रायमाझी र मातृका यादव पहिले पुगिसकेका थिए । प्रतिक्षा थियो प्रचण्डको । प्रचण्ड नारायणकाजी श्रेष्ठलाई लिएर दिउँसो २ बजेर ५५ मिनेटमा होटल सोल्टीमा पुगे । र, चिनियाँ उपप्रम भेट्न भुइँतलामा रहेको मेगा हलतर्फ अघि बढे । प्रचण्ड आएको देखेर ढोकामा खटिएका चिनियाँ दूतावासका कर्मचारी र सुरक्षाकर्मीले उनलाई मेगा हलतर्फ इशारा गरे । तर, प्रचण्डले चिनियाँ दूतावासका कर्मचारीको इशारातर्फ ध्यानै नदिइ फटाफट हिँड्दै केही पाइला अगाडि भारतीय दूतावासको कार्यक्रम भइरहेको माधव हलमा छिरे ।

निमन्त्रणा नै नगरिएको कार्यक्रममा नेपालका पूर्वप्रधानमन्त्री स्वाट्टै छिरेपछि भारतीय राजदूत र त्यहाँ उपस्थित अन्य अतिथि अक्क न बक्क भए । भित्र छिर्दा भारतीय अधिकार देखेपछि आफू गलत स्थानमा आएको थाहा पाएपछि प्रचण्ड हत्त न पत्त त्यहाँबाट बाहिरिए । त्यसपछि चिनियाँ दूतावासका कर्मचारी र सुरक्षाकर्मी दगुर्दै माधवी हलको गेटसम्म पुगेर प्रचण्डलाई मेघा हलतिर लिएर गए ।(दैनिक नेपालबाट साभार)

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah