उमाकान्त खनाल

विर्तामोड, साउन ३२ । हाँस्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ बाढी पीडितका राहत सामाग्री लिएर मंगलबार साँझ झापा गाउँपालिकाको झापा बजार पुग्दा सयौं बाढीपीडितले ताली बजाएर उनको स्वागत गरे ।

त्यतिमात्र होइन बाढी र डुवानले घरबार विहीन बनेर पीडादायी दिन काटिरहेको भए पनि केही क्षण धुर्मुससँग नजिक हुन पाएकोमा उनीहरु निकै खुशी देखिन्थे ।

मंगलबार साँझ करीब ८ बजे झापा बजार पुगेर धुर्मुसले आफूसँग ल्याएको चामलका बोरा, अन्य खानेकुरा र भाँडाकुँडा झापा गाउँपालिकाका प्रमुख जयनारायण साहलाई जिम्मा लगाए ।

आफू पिकअप भ्यानमा ल्याएका सामान उनले नै टाउकामा बोकेर इलाका प्रहरी कार्यालय कुमरखोदको भण्डारण कक्षमा लगेर थन्क्याए । धुर्मुसले भने, ‘हामीले ल्याएका तपाईंहरुलाई चाहिने सामान राम्रोसँग प्रयोग गर्नु होला ।’

जिल्ला प्रशासन कार्यालय झापाका अनुसार झापामा बाढी तथा डुबानबाट सबभन्दा बढी प्रभावित झापा गाउँपालिका हो । त्यहाँ करीब २ सय घर परिवार घरबारवीहीन बनेका छन् । उनीहरुको बस्ने घर खोलाले बगाएको छ ।

त्यस्ता बाढीपीडितलाई विद्यालय तथा सामुदायिक भवनमा राखिएको छ । धुर्मुसले आफ्ना कुरा राख्दै गर्दा तिनै विस्थापितमध्येका एकजना परबाट कराए, ‘अहिलेसम्म कुनै कलाकार यहाँसम्म राहत लिएर आएका थिएनन् । धुर्मुसको जय होस्।’

सीताराम कट्टेलले राहत वितरण मात्र गरेनन्, बाढी पीडितलाई जथाभावी फोहोर नगरि सफा बस्न सुझाए । उनले सबैले सफा बस्ने कोशिस गरे सरुवा रोग सर्ने संभावना कम हुने बताए । ‘तपाईं हामी सकेसम्म सफा बसौं,’ धुर्मुसले भने, ‘फोहोर पानी नखानु होला । पानी उमालेर मात्र खानु होला ।’

धुर्मुस सुन्तली फाउन्डेसनको राहतले झापा गाउँपालिकाका बाढीबाट विस्थापितलाई ठूलो राहत मिलेको उक्त गाउँपालिकाका प्रमुख जयनारायण साहले बताए ।

धुर्मुसले बाढी पीडितलाई झूल लगाएर सुत्न र राति सर्पको बिगबिगी हुने भएकाले टर्च लाइटको प्रयोग गर्न सुझाव दिनसम्म भ्याए । उनले भने, ‘यो मेरो गृह जिल्ला हो । यही माटोमा हुर्केको हुनाले मेरा दाजुभाइलाई कसरी जोखिमबाट जोगाउन सकिन्छ भनेर यि कुरा मैले भनिरहेको छु ।’अन्नपूर्ण अनलाइनबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah