झापाको दमक उद्योग बाणिज्य संघले आजबाट बृहत स्वास्थ्य शिबिर शुरु गरेको छ । नगरपालिकाका प्रमुख रोमनाथ ओलीले शिबिरको उद्घाटन गरेकाछन् । समय सापेक्ष बिभिन्न रोगको उपचारका लागि स्वास्थ्य शिबिर गर्नु बाणिज्य संघको सकारत्मक काम भएको ओलीले बताए ।

सो अवसरमा नोवल मेडिकल कलेजका प्रमुख नारायणप्रसाद दाहालले शिर देखि तिरसम्म उपचार गर्ने उदेश्यकले बिशेषज्ञ डाक्टरहरुबाट सेवा दिइने बताए । उनले भिडियो एक्स रे, इसिजि, ल्याव लगायतको सुबिधा रहेको जनाए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मेची औषधि ब्यवसायि संघका अध्यक्ष नरेन्द्र बस्नेतले आफूहरुले पनि सकारत्मक काम लागेर निशुल्क रुपमा औषधि बितरण गर्ने ब्यवस्था मिलाएको जनाए । उनले यस्तो कार्यमा सधै साथ रहने जनाए ।

माछापुच्छ्रे बैकका दमकका प्रमुख लालबाबु शाहले बैकले यस्तो कार्यमा सहयोग गर्न पाएको भन्दै खुसि प्रकट गरे । बाणिज्य संघका प्रथम उपाध्यक्ष गोपाल गुरागाइले सञ्चालन गरेको कार्यक्रमा बरिष्ठ उपाध्यक्ष बिमल खतिवडाले स्वागत मन्तब्य राखेका थिए भने अध्यक्ष राजेन्द्र ढकालको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

स्वास्थ्य शिबिरमा निम्नअनुसारको सेवा रहेको छ ।

दमक उद्योग बाणिज्य संघले आफ्नो २६ औ साधारणसभा तथा २७ औ स्थापना दिवसको अवसरमा बिराटनगरको नोबेल अस्पतालको सहयोगमाभाद्र १ र २ गते २ दिने नि:शुल्क स्वास्थ्य शिबिरमा आफ्नो स्वस्थ्य जाच गगराउनुहुन अनुरोध छ सम्पूर्ण जाच नि: शुल्क हुनेछ

१ जेनेरल मेडिसिन तथा मुटु मिर्गौला रोग

२ बाल रोग

३ सल्यक्रिया

४ हाडजोर्नी तथा नसा रोग 

५ प्रसुती तथा स्त्री रोग

६ मानसिक तथा नसारोग

७ छाला तथा यौन रोग

८ नाक/कान/घाँटी (ENT)

९ आँखा जाच

१० न्यूरो सर्जन

११ दन्त सेवा

१२ फोक्सो रोग

१३ इसिजी/ल्याब/भिडियो एक्सरे

स्थान : नेपाल रेडक्रस सोसाइटी

दमक

समय : बिहान ११:३० बजे

नाम : २०७४/४/३२ गते बाट दमक उद्योग बाणिज्य सङ मा नाम टिपाउनु सक्नुहुनेछ

आयोजक

दमक उद्योग बाणिज्य संघ * नेपाल् औसधि ब्यबसायी संघ मेची अञ्चल साखा ले निसुल्क औसधि समेत उपलब्ध गराउने कुरा सम्पुर्ण मा जान्कारी गराउदछौ !