काठमाडौँ, २ भदौ -व्यवस्थापिका संसद्का प्रमुख तीन राजनीतिक दलका शीर्ष नेता र निर्वाचन आयोगका पदाधिकारी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सँगै गर्न सहमत भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ बसेको शीर्ष नेताको बैठकमा दुईवटा मतपत्रबाट निर्वाचन गराउने सैद्धान्तिक सहमतिसमेत भएको छ ।

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवसहितका नेता एवं आयुक्तको बैठकमा निर्वाचनको मिति भदौ ३ गते घोषणा गर्ने सहमतिसमेत भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बैठकपछि आयोगका आयुक्त ईश्वरप्रसाद पौड्यालले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सँगै गर्ने प्रस्ताव निर्वाचन आयोगले राखेको जानकारी दिए । उनले हिमाली र उच्च पहाडी ३१ जिल्लामा मङ्सिर ४ गते र बाँकी ४४ जिल्लामा मङ्सिर २१ गते चुनाव गर्ने गरी आयोगले प्रस्ताव गरेको जानकारी दिए, गोरखापत्रमा खबर छ ।