नेपाल प्रहरीका एक अधिकृतले उमेर घटाएर प्रतिलिपि नागरिकता लिएको पुष्टि भएको छ।

दुई साता अगाडि इन्सपेक्टरबाट डिएसपीमा बढुवा भएका ९४ जना मध्ये सबैभन्दा अन्तिममा रहेका बल्लभ बहादुर सिंहको नागरिकतामा कीर्ते भएको पुष्टि भएको हो। सिहंले दुईवर्ष उमेर कम गराएर नागरिकता पेश गरेर जागिर खाइरहेको पुष्टि भएको नेपाल प्रहरीको किताबखानाका महानिर्देशक मदन भुजेलले बताए।

महानिर्देशक भुजेलले भने, ‘दुई वर्ष उमेर घटाएर कीर्ते नागरिकता बनाएका रहेछन्। हामीले पुष्टि गरेर प्रहरी प्रधान कार्यालयलाई जानकारी दिइसकेका छौं।’

सिंहले प्रहरीमा पेश गरेको नागरिकतामा उनको जन्म मिति २०१८ साल उल्लेख गरिएको छ। सिंहले जन्मस्थल जिल्ला बझाङबाट पहिलो पटक नागरिकता लिँदा त्यसमा उनको जन्म मिति २०१६ साल रहेको भेटिएको हो। यो जन्म मिति अनुसार सिंहको केही वर्ष अगाडि नै अवकाश हुनुपर्थ्यो। अवकाश त परको कुरा दुई साता अगाडि इन्स्पेक्टरबाट डिएसपीको फुली लगाउनसमेत भ्याए उनले।

सिंहले नागरिकता हराएको भन्दै दोस्रो पटक कालिकोट जिल्लाबाट प्रतिलिपि लिएको अनुसन्धानमा खुलेको महानिर्देशक भुजेलले बताए। उनले लिएको प्रतिलिपि नागरिकतामा जन्ममिति २०१८ साल छ।

कीर्ते पुष्टि भएपछि कारबाही अगाडि बढाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। ‘कानुनअनुसार कारबाही हुँदैछ,’ नेपाल प्रहरीका प्रवक्ता डिआइजी पुस्कर कार्कीले पहिलोपोस्टसँग भने।  पहिलोपोस्ट बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah