काठमाडौं, २ भदौ । बाढीपीडितहरूको राहतका लगि नेकपा (एमाले)ले सुरु गरेको अभियानमा संकलन भएको आर्थिक सहयोग अध्यक्ष केपी ओलीलाई हस्तान्तर गरिने भएको छ ।

धुम्रबाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार दिउँसो दुई बजे हुने विशेष कार्यक्रममा संकलन भएको पैसा र जिन्सी सामाग्रीहरू अध्यक्ष ओलीलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

‘३ नं. प्रदेश कमिटीले संकलन गरेको राहत अध्यक्षज्यूलाई बुझाउने कार्यक्रम छ’, उहाँले भन्नुभयो, ‘पार्टीका अन्य शुभेच्छुकहरूले पनि राहत हस्तान्तरण गर्नु हुनेछ ।’ आजको कार्यक्रममा दश लाख बढीको आर्थिक सहयोग हस्तान्तरण हुन सक्ने जनाइएको छ ।

एमालेले तराईका बाढीपीडितहरूका लागि कमिटी बनाएर राहत संकलन गर्दै आएको छ । एमालेले उद्धार र राहतका लागि आफ्ना नेता तथा कार्यकर्ता र संगठनहरूलाई तराईका प्रभावित जिल्लाहरूमा परिचालन गरेको छ । दैनिक नेपाल बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah