हेटौंडा, २ भदौ– राप्रपा केन्द्रीय समितिको बैठक हेटौडामा आज दोश्रो दिन पनि जारी छ ।

बैठकमा बोल्ने अधिकांश सांसद र केन्द्रीय सदस्यहरुले पार्टी संविधान संशोधनको विपक्षमा जानुपर्ने धारणा व्यक्त गरेका छन् । उनीहरुले संविधान संशोधन पार्टीको एजेन्डा नभएको भन्दै यसको समर्थन नगर्ने विषयमा आफ्ना विचार राखेका छन् ।

बैठकमा संशोधन विधेयकले पार्टी विभाजनमा भूमिका खेलको भन्दै त्यसको समर्थन गर्ने नैतिक वन्धनमा पार्टी नरहेको विषमा कुरा भइरहेको छ ।

वैठकले सरकार स्वयं संविधान संशोधनलाई पास गर्ने पक्षमा गम्भीर नभएको निष्कर्ष निकालेको छ ।

संविधान संशोधन विधेयकको पक्षमा रहँदा राप्रपाका केही सांसदहरूले संसदीय दलको बैठक बहिष्कार गरेका थिए ।
बैठक बहिष्कार गर्ने सांसदहरू अहिले पशुपतिशमशेर राणाको राप्रपा प्रजातान्त्रिकमा लागेका छन् । राणाले संशोधनको पक्षमा रहेको बताइसकेका छन् । राणाको समूहले दलको मान्यता पाइसकेको छैन ।

यस्तो अवस्थामा राप्रपाले विपक्षमा मतदान गर्ने निर्णय गरेमा राणा समूहमा लाग्ने सांसदहरू नैतिक संकटमा पर्नेछन् । विपक्षमा मतदान गर्न राप्रपाले ह्विप जारी गरेमा संशोधनको पक्षमा रहने सांसदहरूको निर्वाचन आयोगको दल सम्बन्धि विवादको निरुपण हुनुअघि नै पद धरापमा पर्न सक्ने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah