नयाँ शक्ति पार्टीका संघीय परिषद् सदस्य देवेन्द्र पौडेलसहितका १५ जना नेताहरुलाई पार्टीबाट निष्कासन गरिएको छ ।
संयोजक बाबुराम भट्टराईले शुक्रबार विज्ञप्ति जारी गर्दै पार्टीविरोधी गतिविधि गरेको भन्दै पौडेलसहितका १५ जनालाई पार्टीको सबै जिम्मेवारी र साधारण सदस्यबाट समेत निष्कासन गरेको जानकारी गराएका हुन् ।
निष्कासनमा पर्नेहरुमा नेता पौडेल, वामदेव क्षत्री, कुमार पौडेल, महेन्द्र पासवान, मुक्ति प्रधान, पासाङ शेर्पा, सुशीला शिर्पाली, बलावती शर्मा, तिलक थापा, अमरध्वज लामा, वाहीद अन्सारी, हरि चौलागाईं, शर्मिली तामाङ, रत्न राना र रविन्द्र सुनुवार छन् ।
पार्टीको कार्यदिशाप्रति असन्तुष्ट पौडेल समूहले शुक्रबार नै ध्रुविकरण केन्द्रीय संयोजन समिति गठन गरिसकेको छ ।



