काठमाडौं, २ भदौ । सरकारले बाढीपहिरो र डुबान पीडितलाई दैनिक ७० रुपैयाँ रासन भत्ता उपलब्ध गराउने घोषणा गरेको छ ।
सरकारका तर्फबाट गृहमन्त्री जनार्दन शर्माले शुक्रबार पत्रकार सम्मेलन गरी बाढी प्रभावितहरुलाई एक महिनासम्म प्रतिदिन ७० रुपैयाँ खाद्यान्न खर्च दिइने घोषणा गरे ।
साथै प्रभावित क्षेत्रका बस्ती नजिकै पसल नभए खाद्य संस्थानले सुपथ मुल्यमा पसल सञ्चालन ल्याउने मन्त्री शर्माले बताए ।



