दीपेन्द्र गजुरेल
स्पेन, ३ भदौ —स्पेनको बार्सिलोनामा नेपालको पर्यटन प्रर्वद्धनका लागि नेपाल झल्काउने तस्वीरहरु झुण्डाउने अभियान सफल भएको छ ।
जुलाई दशदेखि अगस्ट तेह्रसम्म बार्सिलोनाको सडकमा गुड्ने चार रुटका स्थानीय बसहरुमा नेपाल चिनाउने तस्वीरहरु टाँसिएका थिए ।
स्पेनका लागि मानार्थ पहिलो नेपाली पर्यटन दूत दिपक खरेलले स्पेनबासी नेपालीसंग हातेमालो गर्दै पहिलो पटक उदाहरणिय काम गरेको नेपाली समुदायहरुको भनाई रहेको छ ।
खरेलको विशेष पहलमा नेपालका प्रमुख पर्यटकीय स्थानहरु, स्वयम्भु, पशुपती, लुम्बिनी, पोखरा लगायतका मुख्य शहरहरुको तस्विर बसहरुमा झुण्ड्याउन सफल भएकामा नेपालीहरु दङ्ग छन् ।
पर्यटन दूत खरेलले भने, ‘इच्छा, शक्ति र आँट गर्ने होे भने असम्भव कुनै कुरा हुँदैन,मान, सम्मान,पद र नमस्कार होइन आफ्नो दायित्व पुरा गर्दै इमानदार नेपाली हाम्रो पुर्खाको नाम राख्नु नै हाम्रो पहिचान जोगाउनु हाम्रो कर्तब्य हो ।’
नेपाल अंकित तस्वीरहरु झुण्ड्याउन विशेष सहयोगी भूमिका शर्मिला सुवेदीको समेत रहेको थियो ।
चौध दिनको लागि स्थानीयबसहरुमा झुण्डाउने सम्झौता भएता पनि दिन शर्मिला सुवेदी र दूत खरेलको पहलमा ३५ दिन झुण्ड्याउन सफल भइएको हो ।
खरेलका अनुसार नेपाल झल्किने तस्बिर झुण्ड्याउन दुई हजार ६ सय ६९ युरो ६५ सेन्ट लागेको छ । सो कार्यक्रमका लागि स्पेनमा बस्ने नेपालीहरुबाटै दुई हजार ६ सय २ युरो संकलनमा भएको थियो ।

लोकान्तर बाट साभार